काठमाडौं/मुलुककै अग्रणी डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको अवसरमा “रेमिट पर्व” सुरु गरेको छ। रेमिट पर्व योजना श्रावण ३०, २०८१ देखि एक महिनासम्म सञ्चालन हुनेछ, जस अन्तर्गत हरेक हप्ता एक भाग्यशाली विजेतालाई रु २५,००० प्रदान गरिनेछ। यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले विदेशबाट आफ्ना प्रियजनहरूको इसेवा वालेटमा प्रति कारोबार न्यूनतम रु १०,००० बराबरको रेमिट पठाउनु पर्नेछ ।
ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत–अजेश कोईरालाले भन्नुभयो “रक्षाबन्धन, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तीजको विशेष अवसरमा हामीले “रेमिट पर्व” सुरु गरेका छौं, जसको उद्देश्य परिवारहरूलाई नजिक ल्याई तपाईंहरूको माया अझ गाढा बनाउँदै लैजानु हो ।” ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्र मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।
“रेमिट पर्व” अभियानका बारेमा थप जानकारीका लागि : https://esewamoneytransfer.com/campaigns/Remit-Parba
ईसेवा मनी ट्रान्सफरद्वारा “रेमिट पर्व” सार्वजनिक
ईसेवा मनी ट्रान्सफरद्वारा “रेमिट पर्व” सार्वजनिक
Advertisement
तपाईको प्रतिक्रिया




