• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

चितवनमा खटिएका एमाले केन्द्रीय नेतालाई स्वागत : आगामि चुनावमा काँग्रेस नै प्रतिस्पर्धि हुने भनाइ


  •   बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
  • चितवन/नेकपा (एमाले) चितवनले केन्द्रीय सचिवालयको निर्णयबाट चितवनमा नयाँ जिम्मेवारी पाएका नेताहरुलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी केन्द्रले चितवन जिल्लामा विभिन्न जिम्मेवारी तोकेर पठाएका केन्द्रीय कमिटीका नेताहरुलाई बधाई तथा स्वागत गरिएको हो । सो कार्यक्रममा बोल्दै पार्टी संगठन विभाग प्रमुख कांशिनाथ अधिकारीले एमाले पार्टी निर्माणको नयाँ चरणमा रहेको बताएका छन् । पार्टी रि इन्जिनियरिङ् र रि शुद्धिकरणको अभियानमा रहेको उनले बताए । उनले अब कामको मूल्याङ्कनका आधारमा नेताहरुले जिम्मेवारी पाउने बताएका छन् । अब कसैलाई टिकट दिनुपूर्व, नयाँ नियुक्ति गर्नुपूर्व उसको परीक्षा लिइने उनको भनाइ छ ।

    Advertisement

    सैद्दान्तिक परीक्षा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नयाँ जिम्मेवारी सुम्पने उनको भनाइ छ । मैदानमा पठाएर नेता कार्यकर्ताको परीक्षण गर्ने प्रणाली पार्टीले विकास गरेको उनले बताए । पार्टी सदस्यता विस्तारमा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्न आग्रह गरे ।

    यसैगरी पार्टी स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले संविधान कार्यान्वयनका लागि काँग्रेससँग एमाले मिलेको स्पष्टिकरण दिँदै उनले आगामि चुनावमा भने काँग्रेस नै एमालेको प्रतिस्पर्धि हुने बताएका छन् । ०७९ मा अपेक्षित परिणाम प्राप्न हुन नसकेको बताउँदै उनले ०८४ मा पार्टी एक ढिक्का भएर लाग्न सकेमा पहिलो पार्टी बन्न कसैले रोक्न नसक्ने उनको भनाइ छ । ०८४ मा पनि सफलता प्राप्त गर्न सकिएन भने त्यो हाम्रै आन्तरिक कारणले गर्दा प्राप्त गर्न नसिकएको हुने उनको भनाइ छ ।

    कार्यक्रममा पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवि ज्ञवाली, पोलिट ब्युरो सदस्य एवम् निवर्तमान चितवन जिल्ला इन्चार्ज पार्वत गुरुङ, पार्टी बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल लगायतले आफ्नो धारणा राखेका थिए । उनीहरुले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै, पार्टीलाई हरेक टोलटोलमा मजबुत बनाउँदै लगेर आगामि चुनावमा पार्टी प्रथम हुने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

    स्वागत कार्यक्रममा बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी स्थायी कमिटी सदस्य राजन भट्टराई, चितवन जिल्लाको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी पोलिटब्युरो सदस्य देवि ज्ञवाली, नेपाल खेलकुद महासंघको इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य जेएन थपलिया, चितवन संघीय निर्वाचन क्षेत्र ३ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका पार्टी केन्द्रीय सदस्य यमबहादुर परियार, केन्द्रीय सदस्यमा नियुक्त भई चितवन संघीय निर्वाचन क्षेत्र नं. २ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका संविधान सभा सदस्य कृष्णभक्त पोखरेल, केन्द्रीय भूमि व्यवस्था विभाग सचिवको जिम्मेवारी प्राप्त गरेका विजय सुवेदीलाई बधाई तथा स्वागत गरिएको हो ।

    यसैगरी सोही अवसरमा बागमती प्रदेश वन तथा वातावरण मन्त्री कृष्ण सिलवाललाई पनि बधाई तथा स्वागत गरिएको छ । यसैगरी प्रदेश कमिटीमा मनोनित भएका चितवनका नेताहरु र राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेशको दोश्रो अधिवेशनबाट विभिन्न जिम्मेवारी पाएका चितवन भूगोलका नेताहरुलाई समेत बधाई तथा स्वागत गरिएको छ ।

    नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकको अध्यक्षतामा सम्पन्न भएको स्वागत कार्यक्रम सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने उपाध्यक्ष श्याम कुमार विष्टले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चितवन भूगोलका केन्द्र्रीय, प्रदेश र जिल्ला स्तरका नेतासहित जनवर्गीय संगठनका नेता कार्यकर्ताको उल्लासमय उपस्थिति रहेको थियो ।

    बिहिबार, साउन ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.