• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

बङ्गलादेशमा जारी धार्मिकद्वन्द्वको विरुद्धमा चितवनमा बिरोध

  •   सोमबार, साउन २८, २०८१ मा प्रकाशित
  • चितवन/विश्व हिन्दु महासंघ चितवनले बङ्गलादेशमा जारी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुमाथि भएको हिंसाको बिरुद्धमा आज कोणसभाद्वारा बिरोध जनाएको छ । भरतपुरको चौबीस कोठीमा सयौंको संख्यामा विश्वहिन्दु युवासंघले बङ्गलादेशमा भइरहेको धार्मिकद्वन्दप्रति बिरोध जनाएको हो । विश्व हिन्दु महासंघ नेपाल, चितवनका अध्यक्ष प्रेम गैरेको अध्यक्षतामा भएको कार्यक्रममा शेषनारायण मन्दिर क्षेत्रपुरका मठाधिस पुज्य गुरु पदभानाचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

    Advertisement

    कार्यक्रममा बोल्नुहुँदै गुरु पदभानाचार्यले विश्व जगतका हिन्दु अब एक हुनुपर्ने बेला आएको बताउनुभयो । बङ्गलादेशमा मिलेर बसेको सनातनी हिन्दु धर्ममाथि भइरहेका हत्याहिंसा र ज्यादतीका बारेमा क्रूर युद्ध हुँदा समेत नेपाल सरकार निदाएर बसेको टिप्पणी गर्नुभयो । यसैगरी बिरोधसभामा सहभागी हुँदै चितवन क्षेत्र नं. ३ (क) का बागमती प्रदेशसभा सदस्य ज्ञानुजङ लामाले बङ्गलादेशमा भइरहेको धार्मिक द्वन्द्वप्रति दुख व्यक्त गर्दै लामाले देशभरका मानवअधिकारकर्मीहरु अझैसम्म पनि मुकदर्शक बनेर हेरिरहेको बताउनुभयो ।

    बहुसंख्यक हिन्दुराज्य भएको मुलुकलाई जबर्जस्ती धर्मनिरपेक्षता बनाएर राज्यले ठूलो गल्ती गरेको लामाको भनाइ छ । बङ्गलादेशमा हिन्दु समुदायमाथि भइरहेको धार्मिक युद्धमा समेत नेपालले बिज्ञप्तीसम्म निकाल्न नसक्नु झनै ठूलो गल्ती भएको बताउनुभयो । उता विश्व हिन्दु महासंघ नेपाल, चितवनका अध्यक्ष प्रेम गैरेले बङ्गलादेशमा भएको साम्प्रदायिक युद्धको खतरा नेपाल र भारतमापनि बढ्न सक्ने भन्दै ठूलो हुलहुज्जतमा क्रूर तानाशाही भित्रिन सक्ने खतरा बढेको बताउनुभएको छ ।

    नेपाल र छिमेकी मुलुक भारतले समेत सिमानाकामा थप कडाई गर्नुपर्ने गैरेले बताउनुभयो । जवसम्म देशमा धार्मिक सद्भाव कायम गर्न सकिदैन तवसम्म हिंसात्मक घटनाको अन्त्य हुन नसक्ने भन्दै गैरेले तत्काल संयुक्त राष्ट्र संघले समेत धार्मिक एकता कायम गराउनुपर्नेमा जोड दिनुभयो । भरतपुरको चौबीस कोठीमा गरिएको कोणसभामा ब्राहमण समाज, दशनामी, ठकुरी समाज र श्री बैष्णब समाजको समेत उक्त कोणसभामा एक्यवद्धता रहेको थियो । सयौंको संख्यामा रहेका हिन्दुवादीहरुले सनातनीहरुमाथिको आक्रमण बन्द गर, संयुक्त राष्ट्र संघ कहाँ छ, बङ्गलादेशमा हिन्दु र बौद्धधर्म माथि भएको धार्मिक द्वन्द तत्काल बन्द गर, जस्ता प्लेकार्ड सहित नाराबाजी गरेका थिए ।

    सोमबार, साउन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • २.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ३.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ४.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ६.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ७.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ८.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.