• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

आफ्नै छोरीलाई करणी गरेको आरोपमा भरतपुरका ४५ वर्षीय पुरुष पक्राउ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • ९. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

बहिरंग सेवामा दुई लाख ४६ हजार ७२३ जनाले लिए सेवा


  •   शनिबार, साउन १९, २०८१ मा प्रकाशित
  • रत्ननगर/बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षहरुमा रहर लाग्दो प्रगति गरेको छ । न्यून जनशक्तिमा भौतिक पूर्वाधार, उपकरण र जनशक्तिको अधिकतम प्रयोग गरेर अस्पतालले ठूलो संख्यामा बिरामीलाई सेवा दिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा.मदन ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा दुई लाख ५४ हजार ८३० जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा यो संख्या दुई लाख चार हजार ५०६ थियो । आर्थिक वर्ष २०७८/०७९ मा एक लाख ५२ हजार ५२७ बिरामीले सेवा लिएका थिए । वार्षिक ५० हजारको हाराहारीमा बिरामीको संख्या बढ्दै गएको ज्ञवालीले बताए।

    Advertisement

    अस्पतालमा गत आर्थिक वर्षमा बहिरंग सेवामा दुई लाख ४६ हजार ७२३ जनाले सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० मा यो संख्या दुई लाख तीन हजार ११० थियो । यस्तै आर्थिक वर्ष २०७८/७९ मा एक लाख ४२ हजार ८०८, २०७७/०७८ ८५ हजार ५५२ बिरामीले बहिरंग सेवा लिएका थिए ।

    अस्पतालमा आकस्मिक सेवा लिनेहरुको संख्या पनि बढ्दै गएका छन् । मेडिकल सुपरिटेण्डेण्ट डा.ज्ञवालीका अनुसार गत आर्थिक वर्षमा १८ हजार १०७ जनाले आकस्मिक सेवा लिएका छन् । आर्थिक वर्ष २०७९/०८० मा यो संख्या १३ हजार ९७ रहेको थियो । यस्तै २०७८/०७९ मा ९ हजार ७१९ र २०७७/०७८ मा पाँच हजार ४१४ रहेको थियो ।

    रेडियोलोजी र प्रयोगशाला सेवा लिनेहरुको संख्या पनि अत्याधिक बढेर गएको छ । गत आर्थिक वर्षमा एक लाख पाँच हजार २१ जनाले सेवा लिएका छन् । ती मध्ये एक्सरे ४१ हजार ७१३, युएसजी ४१ हजार ९७३ वटा, ईको दुई हजार ४८२ वटा, ईण्डोस्कोपी ९१२ वटा रहेका छन् । अघिल्लो आर्थिक वर्षमा यी सेवा लिनेको संख्या ९८ हजार ४२४ थियो । आर्थिक वर्ष २०७८/०७९ मा यो संख्या ४४ हजार ७८४ थियो भने २०७७/०७८ मा ३३ हजार ११२ मात्रै थियो ।

    अस्पतालमा भर्ना भएर उपचार लिने बिरामीको संख्या गत आर्थिक वर्षमा ३ हजार ८५९ र आर्थिक वर्ष २०७८/०७९ मा दुई हजार ३१४ रहेको छ । अस्पतालमा गत आर्थिक वर्षमा दुई हजार ९० वटा शल्यक्रिया गरिएका छन् । ती मध्ये मेजर शल्यक्रिया आकस्मिक कक्षबाट १० वटा भर्ना भएका बिरामीका एक हजार १७० वटा रहेका छन् । मध्य खालका ३५३ वटा शल्यक्रिया यस अवधिमा भएका छन् । यस्तै माईनर शल्यक्रिया आकस्मिक २६ र भर्ना नभएका ५३२ वटा भएका छन् ।

    मेडिकल सुपरिटेण्डेण्ट डा. ज्ञवालीका अनुसार स्थान अभावका कारण भर्ना गरेर बिरामीको उपचार सेवा दिन कठिन भईरहेको छ । यद्यपी पछिल्ला वर्षहरुमा यो संख्या बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ मा अस्पतालमा भर्ना गरेर ४९२ जना बिरामीलाई सेवा दिईएको थियो । यो क्रमशः बढ्दै गएर गत आर्थिक वर्षमा तीन हजार ९८० पुगेको हो ।

    प्रदेश सरकारले अस्पताललाई गत आर्थिक वर्षबाट एक सय शैयाको स्वीकृत प्रदान गरेको छ । अस्पतालमा अहिले ९० शैया सञ्चालनमा छन् । अस्पतालमा पाँच शैयाको सघन उपचार कक्ष, आठ शैयाको बाल सघन उपचार कक्ष रहेका छन् ।

    अस्पतालमा विशेषज्ञ चिकित्सक २५ जना, दन्त चिकित्सक चार जना, मेडिकल अधिकृत १७ जना सहित २४० जना जनशक्तिले सेवा दिईरहेको छ । न्यून जनशक्तिले धेरै बिरामीलाई सेवा दिंदै आएको डा.ज्ञवालीले बताए । अस्पतालमा पर्याप्त जग्गा नहुँदा भौतिक पूर्वाधारका काम गर्न कठिन भएको, मृर्गौलाको डाईलासिस उपकरण अभावमा बिरामी धेरै लामो पालो कुर्नु परेको डा. ज्ञवालीले भनाई छ ।

    पछिल्ला दिनहरुमा बिरामीको उच्च चापका कारण शैया, शल्यक्रिया कक्ष, फार्मेसीको सुदृढिकरण गर्ने तयारीमा रहेको उहाँको भनाई छ । मातृ शिशु भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पतालमा ८० प्रतिशत स्वास्थ्य बीमाका बिरामी आउने गर्दछन् । मुख्य गरी पूर्वी चितवनका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिकाका बिरामी आउने यस अस्पतालमा मकवानपुर, धादिङ, नवलपरासी र भरतपुरबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । मुख्य रुपमा छाला रोगका बिरामी टाढा टाढाबाट आउने गर्दछन् ।

    अस्पतालमा मेडिसिन, सर्जिकल, छाला, बालबालिका, नाक–कान–घाँटी, मनोरोग, हार्डजोर्नी, प्रसुती तथा स्त्री, दन्त चिकित्सा लगायतका सेवा रहेका छन् । कुनै समय हेल्थपोष्ट जस्तो रहेको पूर्वी चितवनको यस अस्पतालमा अहिले बिरामीको भिड लाग्ने गरेको छ ।

    शनिबार, साउन १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
    मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा
    Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • २.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ३.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ४.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ५.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ६.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    • ७.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

    • ८.
      बागलुङमा कर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.