भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुन लागेको प्रथम मिष्टर चितवन प्रतियोगिता २०८१ को सन्दर्र्र्भमा हालसम्मको गरिएको कार्यप्रगति र भावी कार्ययोजनाको सन्दर्भमा छलफल गरिएको छ ।
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष प्रकाश गुरुङ्गको अध्यक्षतामा सम्पन्न बैठकले आगामि असोज ११ र १२ गते नारायणी कला मन्दिरको प्राङ्गणमा आयोजना गर्ने गरी प्रतियोगिताको तयारी गरेको छ ।
समितिको शनिबार बसेको बैठकले कार्यक्रमको आधिकारिक जानकारी दिनको लागि असोेज ९ गतेसम्मको लागि सचिव बीर बहादुर राना र कार्यक्रमको मुख्य दिनको लागि समितिका अध्यक्ष प्रकाश गुरुङ्गलाई प्रवक्ता रुपमा चयन गर्ने, आर्थिक गतिविधिलाई व्यवस्थित बनाउन अध्यक्ष र आर्थिक संयोजक राकेशमान श्रेष्ठको प्रत्यक्ष निगरानीमा खर्चलाई मितव्ययीता अपनाई आवश्यक गृहकार्य गर्ने, प्रतियोगिताको जानकारी सहितको सूचना प्रवाहको लागि विभिन्न विभिन्न सञ्चार माध्यमहरुसँग समन्वय गरी प्रचार सामाग्रीहरुको खाका तयार गर्न मिडिया संयोजक राजु भट्टलाई जिम्मेवारी प्रदान गरिने लगायतका विषयहरुमा छलफल गरिएको थियो ।
छलफल कार्यक्रममा समितिका अध्यक्ष प्रकाश गुरुङ्ग, उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, सचिव बीर बहादुर राना, कोषाध्यक्ष प्रविण कुमार सिंह, कार्यसमिति सदस्यहरु अनिल कुमार श्रेष्ठ, एलिना सुनार, आनन्द गुरुङ्ग, सुरज तामाङ्ग, संगीता गुरुङ्ग, आर्थिक संयोजक राकेशमान श्रेष्ठ, आर्थिक समिति सदस्य कृष्ण बहादुर गुरुङ्ग, मिडिया संयोजक राजु भट्ट, विभिन्न जिम हाउसका तर्फबाट सुरेश गुरुङ्ग, दिपक कुमार श्रेष्ठ, मुकुन्द हमाल, संजय मगर, खुशी थापा लगायतको उपस्थिति रहेको थियो ।
प्रथम मिष्टर चितवन प्रतियोगिताको तयारीको विषयमा छलफल
प्रथम मिष्टर चितवन प्रतियोगिताको तयारीको विषयमा छलफल
Advertisement
तपाईको प्रतिक्रिया




