• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
शनिबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ६. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

चितवनमा ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न :


  •   सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
  • चितवन/४६ औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा चितवनमा ‘क. पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
    आज सोमबार नेकपा (एमाले) चितवनको आयोजनामा जिल्ला समन्वय समिति चितवनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
    विचार गोष्ठीमा वक्ताहरुले वर्तमान समयमा पनि पुष्पलालको सान्दर्भिकता उत्तिकै रहेको बताए । कार्यक्रममा सूर्यप्रसाद शर्माले ‘पुष्पलाल र आजको सान्दर्भिकता’ विषयक कार्यपत्र प्रस्तुत गरे ।
    कार्यपत्रमा उति बेलादेखि नै पुष्पलालले नेपालमा प्रजातन्त्र स्थापना गर्न नेपाली काँग्रेस र नेकपा संयुक्तरुपमा अगाडि बढ्नुपर्छ भन्ने संयुक्त जनआन्दोलनको नीति अगाडि सार्नुभएको कुरा उल्लेख छ । विगतका इतिहासलाई हेर्दा पनि नेपाली काँग्रेस र नेकपा मिल्दा नै महत्वपूर्ण ऐतिहासिक परिवर्तन भएको कुरा कार्यपत्रमा उल्लेख छ । वर्तमानमा पनि नेपाली काँग्रेस र नेकपा एमाले मिल्दा नै संविधान बनेको कुरा पनि कार्यपत्रमा उल्लेख छ । अहिले संविधानको संसोधन एवम् सफल कार्यान्वयन गर्न पुनः नेपाली काँग्रेस र नेकपा एमाले मिल्नुले पनि पुष्पलालको त्यो नीति अझै सान्दर्भिक रहेको कुरा कार्यपत्रमा पुष्टि गरिएको छ । साथै पार्टीका आन्तरिक जीवन एवम् जनता र पार्टीबीचको सम्बन्ध स्थापना गर्नमा पनि पुष्पलालको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको लगायतका थुप्रै कुरा कार्यपत्रमा उल्लेख गरिएको छ ।
    कार्यपत्रमाथि रमाकान्त सापकोटा र हरि सापकोटाले टिप्पणी गरेका थिए । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्यहरु यम बहादुर परियार, प्रभा बराल, कपिल पोख्रेल, पोलिट ब्युरो सदस्य देवि ज्ञवालीले आफ्नो आफ्नो धारणा राखेका थिए ।
    नेकपा एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेको कार्यक्रम एमाले चितवनका कार्यवाहक अध्यक्ष श्याम कुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले नेताहरु कृष्णभक्त पोखरेल, विजय सुवेदी लगायतका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम गरेर मनाउने गर्दछन् ।
    श्रेष्ठको नेतृत्वमा २००६ बैशाख १० गते भारतको कलकत्ताको श्यामबजारस्थित एक बंगालीको घरबाट नेकपाको स्थापना भएको थियो ।
    नेकपा स्थापना गर्दा संस्थापक सदस्यमा मोतीदेवी श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य र नारायणविलास जोशी थिए । महासचिव पुष्पलाल आफै थिए ।
    वि.सं. १९८१ असार १५ गते जन्मिएका पुष्पलालको २०३५ साउन ७ मा ५४ वर्षको उमेरमा निधन भएको थियो । उनको भारतको गोविन्द पल्लव अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन नदिएपछि उतै दाहसंस्कार गरिएको थियो ।

    Advertisement

    सोमबार, साउन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    • ६.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.