भरतपुर/रोटरी क्लव अफ भरतपुरको पदस्थापन समारोह भरतपुर स्थित सिराईचुली होटलमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष विमल कुमार क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका डिष्ट्रिक गर्भनर राजेन्द्रमान सेरचन प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी सेरचनले क्लवलाई स्वार्थ भन्दा माथि सेवा भन्ने मुल नारालाई आत्मसाथ गर्दै सामाजिक काममा सक्रिय हुदै र सदस्यता विस्तारलाई जोड दिन आग्रह गर्नु भयो । कार्यक्रममा रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र कुमार पिया, सन्तोष रिजाल, संजय गिरी, तेजेन्द्र बहादुर राज भण्डारी, निर्वाचित गभर्नर विनोद कोइराला, मनोनित गभर्नर विष्णु बहादुर कार्की विशेष अतिथी रहनु भएको थियो । कार्यक्रममा डा. प्रदिप न्योपानेलाई उत्कृष्ठ रोटरीयन अवार्ड, सविन पौडेल र शरण श्रेष्ठलाई वेष्ट रोट्याक्ट अवार्डद्धारा सम्मान गरिएको थियो । समारोहमा विमल कुमार क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय रोटरी क्लव अफ भरतपुरको वोर्ड गठन गरिएको थियो । कार्यक्रममा क्लवको मुखपत्रको रुपमा रहेको लेण्ड ए हेण्ड विमोचन गरिएको थियो । क्लवका निर्वाचित अध्यक्ष डा. कृष्ण सागर शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा मनोनित अध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । क्लवका सचिव नविन भण्डारीले संचालन गर्नु भएको कार्यक्रममा रोटरी क्लव अफ भरतपुरका पुर्व अध्यक्ष, पदाधिकारी, सदस्य एवं अन्य विभिन्न छिमेकी रोटरी क्ल्वका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
रोटरी क्लव अफ भरतपुरको पदस्थापन समारोह सम्पन्न
रोटरी क्लव अफ भरतपुरको पदस्थापन समारोह सम्पन्न
तपाईको प्रतिक्रिया




