भरतपुर/चितवन उद्योग संघ, रत्ननगर समिति र द आर्ट अफ लिभिङको संयुक्त आयोजनामा Advance Meditation कार्यक्रमको शुभारम्भ गरिएको छ ।
चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले कार्यक्रममा विभिन्न जिल्लाहरुबाट सहभागी हुन आउनुभएका करीब ८० जना भन्दा बढी सहभागिहरुलाई स्वागत गर्दै प्रमुख प्रशिक्षक पवन नेपाललाई फ्लोर हस्तान्तरण गर्नुभएको थियो ।
“मेरो दृष्टिकोण तनावमुक्त, हिंसामुक्त र अपराधमुक्त समाज निर्माण गर्ने हो” भन्ने उद्देश्यका साथ सौराहाको होटल जंगल क्राउनमा बुधबारदेखि चितवन उद्योग संघ, रत्ननगर समिति र द आर्ट अफ लिभिङको संयुक्त आयोजनामा Advance Meditation कार्यक्रमको शुभारम्भ गरिएको हो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक पवन नेपालले शारीरिक स्वास्थ्य सुधार, ज्ञान युक्त कौशलहरू, व्यक्तिगत मन्त्रमा आधारित ध्यान प्रविधि, दिमागमा अशान्ति पैदा गर्ने कारकहरू र उपायहरू पहिचान, विभिन्न खानाहरूले दिमाग र विचारहरूलाई कसरी असर गर्छ भन्ने लगायतका शीर्षकमा प्रशिक्षण गर्नुहुनेछ । कार्यक्रममा चितवन उद्योग संघ, खैरहनी समितिका अध्यक्ष युवराज पाठक, द आर्ट अफ लिभिङका प्रशिक्षकहरु अन्जु शर्मा, मदन कट्टेल, दिक्षा भण्डारी, शिरिष रेग्मी, चितवन उद्योग संघका सञ्चार अधिकृत राजु भट्ट, लगायत द आर्ट अफ लिभिङका सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
चार दिनसम्म सञ्चालन गरिएको आवासीय कार्यक्रम साउन ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रममा ८० भन्दा बढीको सहभागिता रहेको चितवन उद्योग संघ, रत्ननगर समितिका अध्यक्ष उमाकान्त पौडेलले जानकारी गराउनुभयो ।






