• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशाला शुरु


  •   बिहिबार, असार २१, २०८१ मा प्रकाशित
  • भरतपुर/होटल दियालो क्षेत्रपुरको सभाहलमा तिन दिने उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशाला शुरु भएको छ । हाल अध्ययानरत विद्यार्थीहरुलाई कसरी स्वरोजगार बनाउन सकिन्छ र शैक्षिक प्रणालीमा के सुधार गरियो भने स्वरोजगार तिर आर्कषित हुन्छन् भन्ने विषयहरुको जानकारी लिन यस कार्यक्रमको आयोजना गरिएको हो । मैयादेवी कन्या कलेज र उद्योग वाणिज्य संघ–चितवनको संयुक्त  आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उद्यमशिलता विकासमा शैक्षिक संस्था र निजी क्षेत्रको भुमिका विषयक कार्यशालामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मैयादेवी कन्या कलेजका संरक्ष प्रेमकुमार श्रेष्ठले हातमा सर्टिफिकेट भएर मात्र व्यक्ती रोजगारीका लागि उपयुक्त नहुने भन्दै आवश्यकता अनुसारको शिक्षा र अनुभवको खाँचो रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र र शैक्षिक संस्थाहरु मिलेर उद्यमशिलता विकाशका कार्यक्रमहरु अगाडी बढाउनु पर्ने बताउनुभयो ।
    यसै कार्यक्रममा वोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्र र शैक्षिक संस्थाहरु विचको ज्ञान साझेदार गरेर चितवन जिल्लाको आर्थिक, सामाजिक, क्षेत्रको विकासको साथ साथै कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भन्ने तथ्याङ्क उपलब्ध गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने र उद्योग र शैक्षिक संस्थाहरु विच एक आपसमा आवश्यकता र समस्याहरुबारे समधान खोज्न यस कार्यक्रम महत्वपुर्ण रहेको बताउनु भयो । उहाँले विद्यार्थीलाई स्थापित गराउन पढ्दै कमाउदै गर्नुपर्ने भएकाले कलेजहरु सँग सहकार्य गरेर रोजगार सृजना गर्न उद्योग वाणिज्य संघ–चितवन तयार रहेको बताउनु भयो ।
    कार्यक्रममा बोल्दै मैया देवी कन्या कलेजका क्याम्पस प्रमुख भोजराज न्यौपानेले विश्वको सवै विकसित देशहरु उद्यम व्यवसायबाटनै विकास भएको बताउदैँ उहाँले कलेजका विद्यार्थीलाई उद्यम बनाउन निजी क्षेत्रको पनि सहयोगको आवश्यकता रहेकोले निजी क्षेत्रलाई सहयोग गर्न अपिल गर्नुभएको थियो । कार्यक्रलममा बोल्दै मैया देवी कन्या कलेजको प्रध्यापक संघका सभापती कृष्णप्रसाद न्यौपानेले अहिलेका यूवाहरु भविश्यको खोजी गर्दै बढ्दो विदेश पलायनले भईरहेको अवस्थामा रोजगार गर्दै पढ्न पाए विद्यार्थीलाई सहज हुने बताउदैँ उहाँले पाटटाईम रोजगारी सृजना गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको थियो । कार्यशालामा उद्यमशितला विकास सम्बन्धीका ४ वटा शिर्षकमा स्रोत व्यक्तीहरुले प्रस्तुतीकरण गर्नुभएको थियो । व्यवसाय विकासमा निजी क्षेत्र, सार्वजनीक क्षेत्र र शैक्षिक क्षेत्रको भुमिका विषयमा उद्योग वाणिज्य संघ–चितवनका कार्यकारी निर्देशक निलबहादुर के.सीले प्रस्तुतिकरण दिनुभएको थियो ।  पर्यटन र उद्यमशिलताका विषयमा उद्योग वाणिज्य संघ–चितवनका पूर्व विशिष्ट सदस्य एवं मैया देवी कन्या कलेजका अनुसन्धान तथा प्रकाशन प्रमुख डा. विश्वराज सुवेदी प्रस्तुतीकरण गर्नुभएको थियो । उद्यमशिता र उत्प्रेरण सम्बन्धी विषयमा चितवन उद्योग संघका पूर्व अध्यक्ष राजु पौडेलले प्रस्तुतीकरण गर्नुभएको थियो । अनुसन्धान र उद्यमशिताका विषयमा शहिद स्मारक कलेजका अनुसन्धान तथा प्रकासन प्रमुख राजु रानाभाटले  प्रस्तुतिकरण गर्नुभएको थियो ।
    कार्यक्रममा मैयादेवी कन्या कलेजका प्रध्यापकज्यूहरु, विभिन्न कलेजका प्राध्यापक, कर्मचारी , विभिन्न कलेजका विद्यार्थीहरू गरी ५० जनाको सहभागीता रहेको जानकारी उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम अधिकृत गणेश सुवेदीले गराउनुभएको थियो ।

     

    Advertisement

    बिहिबार, असार २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.