भरतपुर /लायन्स क्लब अफ चितवन प्रोफेसनल्स, लायन्स क्लब अफ भरतपुर र लायन्स क्लब अफ नारायणगढ दियालोको संयुक्त आयोजनामा भोजन सेवा तथा अत्यावश्यक सामाग्री वितरण कार्यक्रम भरतपुर ११, बसेनी स्थित मञ्जुश्री असहाय संरक्षण केन्द्रमा लायन्स क्लब अफ नारायणगढ दियालोका अध्यक्ष लायन असिम हमालको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ आर का गभर्नर पि.एम.जे.एफ. लायन दिनानाथ न्यौपानेको प्रमुख आतिथ्यता साथै लायन्स डिष्ट्रिक्ट ३२५ आरका डि.जि. टिमको सहभागिता रहेको थियो । सो कार्यक्रम लायन्स क्लब अफ भरतपुरका अध्यक्ष लायन सन्तोष मजाकोटीले सञ्चालन गर्नु भएको थियो भने लायन्स क्लब अफ प्रोफेसनल्सका अध्यक्ष लायन निशेष अधिकारीले स्वागत मन्तव्य दिनु भएको थियो ।
Advertisement




