नविन अटो सेन्टरको आयोजनामा Yamaha RayZR Hybrid Mileage Challenge and Rally सम्पन्न भयो । कार्यक्रमको उद्योग वाणिज्य संघ चितवनकी कार्यसमिति सदस्य एवम् नविन अटो सेन्टरकी प्रोप्राइटर सुनिता लिगल कर्माचार्यले Go झन्डा देखाई सुरु भएको र्यालीले बजार क्षेत्रको बिभिन्न ठाउँ परिक्रमा गरी भरतपुर २९ स्थित Re:Gen:Ta Resort भतेरीमा एक कार्यक्रम गरी सम्पन्न भयो ।

कार्यक्रममा ३३ जना RayZR125 Hybrid स्कुटर चालक सहभागी रहेको मध्य पुजा सर्माले आफ्नो स्कुटरमा सबै भन्दा धरै 78.75 माईलेज ल्याई प्रथम तस्तै 76.36 माईलेज ल्याई विद्या सर्मा दोस्रो हुनुभएको थियो भने 75.75 र 75 .00 माईलेज ल्याई क्रमस गोपी गुरुङ र सुदिन गुरुङ तेस्रो हुन भएको थियो । बिभिन्न खेलकुद साथै प्रश्न उतर कार्यक्रम भाग लिनुहुने सहभागीलाई MAW का एरिया सेल्स म्यानेजर मणि भुसन चौधरी ,नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य, नबिन अटो केयरका डाइरेक्टर राकेसमान श्रेष्ठ, नविन अटो सेन्टरका सेल्स हेड राजु स्वर्णकार लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।




