भरतपुर, ६ साउन/देशका विभिन्न भागमा हालैका दिनमा भएको अविरल बर्षाको कारणले आएको बाढी पहिरो तथा डुवानले क्षतिग्रस्त हुन पुगेका लघु, घरेलु तथा साना उद्योगहरुको विवरण र क्षतिबाट हुन गएको आर्थिक नोक्सानी, जनधन सहितको विवरण नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट माग भई आएकोले चितवन उद्योग संघले पनि संघमा आवद्ध उद्योगहरुमा बाढीले पु¥याएको क्षतिको स्थलगत अवलोकन गरियो ।
संघका अध्यक्ष राजु पौडेलको नेतृत्वमा गएको टोलीले बाढी प्रभावित क्षेत्रका एकदर्जन भन्दा बढी उद्योगहरुको स्थलगत अवलोकन गरेको थियो । अवलोकनका क्रममा संघका अध्यक्ष राजु पौडेलले बाढी प्रभावित उद्योगका सञ्चालकहरुसँग क्षतिका बारेमा जानकारी लिनुभएको थियो ।
भरतपुर क्षेत्रमा अवलोकन गरिएको उद्योगहरुमा चितवन पोलीपाइप इण्डष्ट्रिज, मनकामना प्लाष्टिक तथा डोरी उद्योग, तिलक इन्जिनियरिङ्ग, कालिका प्लािष्टक उद्योग, रिभरसाइड रेण्टुरेण्ट एण्ड वार, युनाइटेड लिकर्स प्रा.लि., रोयल फर्मास्यूटिकल्स प्रा.लि., सनराइज कपी उद्योग लगायतका रहेका छन् ।
अवलोकनमा संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, उपाध्यक्षहरु त्रिलोचन कँडेल, मदन घिमिरे, दुर्गा प्रसाद भण्डारी, गजेन्द्र अधिकारी, युग राज वस्ती, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्यहरु मदन चिरञ्जीवी पोखरेल, गोपाल प्रसाद गैरे, दण्डपाणी भट्ट, महेन्द्र बहादुर बानियाँ, रामचन्द्र अधिकारी, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्टलगायतको सहभागिता रहेको थियो ।





