चितवन/योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल चितवनले जिल्लाका स्थानीय तहहरुलाई माग पत्र बुझाएका छन् । विभिन्न नौ बुँदे माग पत्र बुझाएका हुन् । आम युवाहरुमा विकराल रुपमा देखिएको बेरोजगारी, विदेश पलायन, लागुऔषध दुरव्यसनी जस्ता समस्यहरुले हाम्रो देशको राष्ट्रिय आंकक्षा विकास र समृद्धिमा निरन्तर वाधा व्यवधान खडा भइरहेकाले जनताले प्रत्यक्ष अनुभूती गर्ने सरकारको रुपमा रहेको स्थानीय सकारले आम युवाहरुको यस्ता समस्या सामाधान गर्दै आ–आफ्नो गाउँ नगर विकासमा युवाहरुलाई साझेदार बनाउँदै भविष्यका उत्तराधिकारको रुपमा विकास गर्न वाइसिएल नेपालले तीन बुदैँ माग पत्र बुझाएको जनाएको छ । वाइसिएलले चितवनका सात वटै स्थानीय तहमा माग पत्र बुझाएका हुन् । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल र इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङलाई जिल्ला संयोजक दुर्लभ शाही लगायतको उपस्थितिमा ज्ञापनपत्र बुझाएका थिए ।

यी हुन् वाइसिएलका नौँ बुँदे माग
- स्थानीय सरकारको बार्षिक बजेटमा कम्तिमा १०% बजेट युवा लक्षित कार्यक्रममा छुट्याउनु पर्ने।
- युवा हरुको आफ्नो ज्ञान क्षमता, सिर्जनालाई निखार्न कार्यन्वयन गर्ने वातावरण निर्माण गर्न युवा लक्षित उधम, स्वरोजगार, सिप– मुलक तालिम, कृषिमा युवाहरुको आकर्षण, आधुनिक प्रविधि मैत्री युवा, IT सचेतना लगाएतका कार्यक्रमहरू संचालन गरिनु पर्ने ।
- Start–up Business for youth का लागि कम्तीमा पनि ५० वटा युवासमुहहरु गठन गरि १५ लाखका दरले बजेट विनियोजन गरिनु पर्ने।
- १६–४० भित्रका युवाहरुले स्टार्टअपका रूपमा कुनै नौलो उद्योग व्यवसाय गर्न चाहेमा स्थानीय सरकारले लिने कर कम्तिमा ५ बर्षका लागि छुट गरिनुपर्ने।
- आ–आफ्नो पालिकाभित्र व्यवसायीक कार्ययोजना को प्रतिस्पर्धाका आधारमा हरेक बर्ष कम्तिमा ५० जना नयाँ युवाहरुलाई स्थानीय सरकार संगको साझेदारीमा आवश्यक लगानीको व्यवस्था गर्न वित्तीय तथा कानुनी ब्यवस्था गरी कोष खडा गरिनुपर्ने।
- निःशुल्क लोकसेवा तयारि कक्षा संचालन गरिनु पर्ने।
- प्रत्येक वडा वडामा Leadership Development Program संचालन गरिनु पर्ने।
- र्थिक मन्दिले ब्यवसायिक कार्य –सम्पादनमा भएका कठिनाइका कारण युवा ब्यवसायीहरुको ब्यवसायिक पलाएनताको स्थितिलाइ मध्यनजर गर्दै, समयमै रकम निकासीमा सहजिकरण सहित ब्यवसायिक र बैंक – बित्तिय संस्था बिचको असमझदारीलाई स्थानिय सरकारले दुबै पक्षको समस्या केन्दृत गरेर न्यायिक पहल गर्नुपर्ने।
- युवा सम्बन्धी निति निर्माण गर्दा पालिकामा क्रियाशील रहेका युवा संघ–संगठनहरु लगाएत क्लबहरुसँग आवश्यक छलफल गर्नुपर्ने ।




