चितवन/भरतपुर १० अन्र्तगत नमूना टोल विकास संस्थामा आमा समूह गठन भएको छ । शनिवार सम्पन्न भेलाले जानुका थापाको अध्यक्षतामा २१ सदस्यीय कार्य समिती सदस्य गठन गरेको छ । उपाध्यक्षमा कमला ठकुरी, सचिवमा अन्जु सापकोटा, कोषाध्यक्षमा शिला भण्डारी र सह सचिवमा शुशिला थापा रहने गरि निम्न सदस्यहरु निर्विरोध चयन गरिएको छ । सदस्यहरुमा रेवती पौडेल, दुर्गा पौडेल, मेनुका पन्त, टुक कुमारी ढकाल, अर्चना भण्डारी, इन्द्र कुमारी गुरुङ्ग, कल्पना रेग्मी, शान्ता कंडेल, सुनिता लामिछाने, पबित्रा गैरे, विष्णु लामिछाने, शुशिला अधिकारी, प्रतिमा ढकाल, सपना ओझा, सिता अधिकारी र १ जना पछि मनोनयन गर्ने गरि कार्य समिती गठन भएको हो । नमुना टोल अन्र्तगत रहेको ९ वटा मार्गबाट सबैजनालाई समेटगरि कार्यसमिती गठन गरिएको नमूना टोल विकास संस्थाका अध्यक्ष ह्दयनाथ घिमिरेले बताउनु भयो ।
कार्यक्रममा टोलका सदस्य पानीदत्त ढकाल र भेलामा उपस्थित अन्य सदस्यहरुले आ–आफ्नो धारणा राख्नु भएको थियो । भरतपुर महानगरपालिका वडा नं. १० की वडा सदस्य सुर्य बन्दना हमालको प्रमुख आतिथ्यमा तथा नमूना टोल विकास संस्थाका अध्यक्ष ह्दयनाथ घिमिरेको अध्यक्षतामा कार्यक्रम भरतपुर १० स्थित गणेश मन्दिरमा सम्पन्न भएको थियो ।




