चितवन/निजि अस्पताल समन्वय समितिको अध्यक्षमा विक्रम अधिकारी निर्विरोध चयन भएका छन् । शुक्रवार भएको समितिको सातौं अधिवेशनले अधिकारीको संयोजकत्वमा नौं सदस्यीय समिति चयन गरेको हो । अधिकारी नेसनल सिटि अस्पतालका प्रवन्ध निर्देशक हुन् । उनी यसअघि सचिव थिए ।
समितिको उपाध्यक्षमा एभरेष्ट अस्पतालका भरत रेग्मी , सचिवमा भरतपुर सामुदायिक अस्पतालका रघुनाथ सापकोटा , सहसचिवमा पुष्पाञ्जली अस्पतालका ऋषि रमण खनाल र कोषाध्यक्षमा नारायणी सामुदायिक अस्पतालका विष्णु कुँवर चुनिएका छन् । समितिको सदस्यमा दिलिप घिमिरे , रमेश खनियाँ , दिपक गुरुङ, महेश पाण्डे रहेका छन् ।समितिको सदस्यमा दिलिप घिमिरे , रमेश खनियाँ , दिपक गुरुङ, महेश पाण्डे रहेका छन् ।
Advertisement




