भरतपुर/नेवाः समाज भरतपुरको चौथो साधारणसभा तथा अधिवेशनबाट बद्रीमान श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
नेवाः समाज भरतपुरका अध्यक्ष हरि कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभा तथा अधिवेशनमा भरतपुर महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लेखराज पन्त (हरि) प्रमुख अतिथि रहनुभएको थियो ।
नवनिर्वाचित समितिको अध्यक्षमा बद्रीमान श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा जुद्ध प्रसाद श्रेष्ठ, उपाध्यक्षमा निरञ्जन हाडा, महिला उपाध्यक्षमा मिरा श्रेष्ठ, महासचिवमा लुभ राजन श्रेष्ठ, कोषाध्यक्षमा कृष्ण बहादुर श्रेष्ठ, सचिवमा लक्ष्मी श्रेष्ठ, सह–कोषाध्यक्षमा तीर्थमान श्रेष्ठ, सदस्यहरुमा पविता राजभण्डारी, अमृत प्रसाद श्रेष्ठ, बुद्धि नारायण श्रेष्ठ, नारायणी श्रेष्ठ (हरि), विमला श्रेष्ठ, नारायणी श्रेष्ठ (श्याम), रुद्र कुमार श्रेष्ठ, रुपा श्रेष्ठ, रामलाल श्रेष्ठ, रमेश कुमार प्रधान निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बद्रीनाथ श्रेष्ठले यसअघिका कार्यसमितिले समाजलाई यहाँसम्म ल्याउन गर्नुभएको पहल र यसका योजना अनुरुप आफू र आफ्नो नेतृत्वको काम गर्दै अगाडि बढ्ने बताउनुभयो । श्रेष्ठले नेवारी कला, संस्कृतिको जर्गेना गर्दै समाजलाई चितवन जिल्लामै अन्य संघ–संस्थाको भन्दा छुट्टै पहिचान बनाउन पहल गर्ने बताउनु भयो ।
रमेश प्रभात श्रेष्ठ निर्वाचन संयोजक रहनुभएको निर्वाचन समितिको सदस्यहरुमा सुवर्णलाल लिबी, पुष्पलाल श्रेष्ठ, मिलन कुमार श्रेष्ठ, चन्द्रलाल राजभण्डारी रहनुभएको थियो ।





