• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

विश्वकपमा नेपालका यस्ता छन् ४ प्रतिस्पर्धी


  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • अमेरिका र वेष्टइण्डिजमा शनिवारदेखि आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । दोस्रो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपालले विश्वकपअघिका खेल सकिएका छन् । अमेरिकासँगको दोस्रो औपचारिक वार्मअप खेल वर्षाका कारण प्रभावित भएसँगै नेपालको विश्वकप अघिको तयारी सकिएको हो ।

    Advertisement

    विश्वकप शनिवारबाट सुरु हुने भएता पनि नेपालले मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् ।

    आइसीसीको टी–२० वरियतामा दक्षिण अफ्रिका सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ स्थानमा छन् । नेदरल्यान्ड्स १५औँ स्थानमा रहँदा नेपाल १७ औँ स्थानमा छ । पाँच टीममध्ये दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश टेस्ट मान्यता प्राप्त राष्ट्र हुन् । नेदरल्यान्ड्स भने एसोसिएट राष्ट्रको सूचीमा शीर्ष स्थानमा छ ।

    यी पाँच राष्ट्रमध्ये बलियो राष्ट्र दक्षिण अफ्रिका हो । दक्षिण अफ्रिकाले एडेन माक्ररमको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको हो । दक्षिण अफ्रिकालाई उपाधि दाबेदारको रूपमा पनि हेरिएको छ । दक्षिण अफ्रिकाले लगातार राम्रो प्रदर्शन गर्दै आएको छ । नेपालले पहिलो पटक दक्षिण अफ्रिकाको सामना गर्दै छ ।

    हालसम्म टी–२० विश्वकपको सबै संस्करणमा सहभागी भएको दक्षिण अफ्रिका २००९ र २०१४ मा भएको विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । यो पटक दक्षिण अफ्रिका समूह चरणमा शत प्रतिशत नतिजा निकाल्दै सुपर ८ मा पुग्ने सम्भावना देखिन्छ । दक्षिण अफ्रिकाको टोलीमा अनुभवी ब्याटर क्विन्टन डी कक, एडेन मार्करामदेखि बलिङतर्फ कागिसो रबाडाजस्ता विश्व स्तरीय खेलाडी समावेश छन् ।

    सोही समूहमा रहेका श्रीलङ्का र बङ्गलादेशको पछिल्लो समयको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । विश्वकपको वार्मअप खेलमा नेदरल्यान्ड्सले श्रीलङ्कालाई २० रनले पराजित गरेको थियो । यस्तै केही दिन अघि भएको टी–२० सिरिजमा अमेरिकाले बङ्गलादेशलाई दुई खेलमा पराजित गरेको थियो । क्यानडासँग पराजित भएको नेपालको अमेरिकासँगको दोस्रो खेल भने वर्षाका कारण प्रभावित भएको थियो । पछिल्लो तीन टी–२० खेलमा श्रीलङ्काले दुई र बङ्गलादेशले एक खेलमा जित निकालेका थिए ।

    टी–२० विश्वकपमा नेपालले बङ्गलादेशसँग दोस्रो पटक खेल्दै छ । २०१४ मा भएको टी–२० विश्वकपमा नेपाल बङ्गलादेशसँग ८ विकेटले पराजित भएको थियो । बङ्गलादेशसँग रन रेटमा पछि पर्दै नेपाल दोस्रो चरणमा पुग्नबाट वञ्चित भएको थियो । सन् २०१४ मा टी–२० विश्वकपको उपाधि जितेको श्रीलङ्काले गत वर्ष भारतमा भएको एक दिवसीय विश्वकपमा खराब प्रदर्शन गरेको थियो । नेपालले श्रीलङ्कासँग पनि पहिलो पटक खेल्न लागेको हो ।

    नेदरल्यान्ड्स नेपालको प्रतिस्पर्धी हो । यी दुई टोलीबिचको खेलमा मिश्रित नतिजा आउने गरेको छ । नेपालमा गत फेब्रुअरीमा भएको आइसिसी विश्वकप लिग–२ मा एकएक खेल जित्दा टी–२० सिरिजमा भने नेदरल्यान्ड्सले दुई र नेपालले एक खेल जितेका थिए । २०२२ मा भएको टी–२० विश्वकपमा नेपालबाहेकका सबै टोली सुपर १२ बाट बाहिरिएका हुन् ।

    नेपालले पहिलो खेल जुन ४ मा अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी भ्यु क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग खेल्नेछ । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्समाथि जित निकाल्दै मनोबल उच्च बनाउन चाहन्छ ।

    पछिल्लो समय टेस्ट राष्ट्रलाई समेत पराजित गरेको नेदरल्यान्ड्स पनि नेपाललाई पराजित गर्दै सुखद सुरुआत गर्ने दाउमा छ । ५ टीम रहेको समूह डीबाट शीर्ष दुई टोली सुपर ८ मा प्रवेश गर्नेछन् । सुपर ८ मा पुग्ने सम्भावना कायमै राख्न कम्तीमा दुई खेलमा जित अनिवार्य हुन्छ । दुई जितपछि पनि अन्य टीमको नतिजाले अर्को चरणको टुङ्गो लाग्नेछ ।

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.