• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • ९. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • १०. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने

"एक्स्पोमा तीन दिनको अवधिमा तीनै दिन पाठशाला सञ्चालन हुने "

  •   शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • चितवन/ नेपाल पोल्ट्री महासंघ र इण्डियन पोल्ट्री इक्युप्मेन्ट एशोसिएसनको संयुक्त आयोजनामा भरतपुरमा तीन दिने अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी हुने भएको छ ।
    चितवन एक्स्पो सेन्टरमा हुने एक्स्पोमा आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेन्ट्स्, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग, मासुजन्य उद्योग, पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धी प्रदर्शनी हुनेछ ।
    एक्स्पोमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत १५० स्टल रहने छ ।
    नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले विदेशमा गएर प्रविधि, सीप र ज्ञान आर्जन गर्न नसक्ने किसानहरुलाई एकै ठाउँमा सबै कुरा उपलब्ध हुने गरी पोल्ट्री पाठशाला सञ्चालन गरिने बताउनुभयो । उहाँले एक्स्पोमा कुखुराजन्य उद्योगका लागि आवश्यक पर्ने, औषधि, दाना, चल्ला, खोर, फर्म लगायत सम्पूर्ण विषयको प्रविधि सहित किसानलाई शिक्षा दिने जानकारी दिनुभयो ।
    बिष्टले कम लागतमा धेरै अण्डा र मासु उत्पादन गर्न, नयाँ प्रविधि भित्र्याउन र पोल्ट्री उद्योगलाई थप चलायमान बनाउन एक्स्पो फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा।सुरवीर सिंहले एक्स्पोमा तीन दिनको अवधिमा तीनै दिन पाठशाला सञ्चालन हुने बताउनुभयो । उहाँका अनुसार भारत, क्यानडा, नेपाल लगायतका विज्ञहरुले नेपाली र हिन्दीमा शिक्षा दिनुहुनेछ । सो अवसरमा ६ वटा कार्यपत्र प्रस्तुत हुने जानकारी दिंदै सिंहले वैज्ञानिक छलफल हुनुका साथै किसानसँग पनि छलफल कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञसँग कुखुरा पालक किसानले प्रत्यक्ष सवलजवाफ गर्न पाउनु हुनेछ ।”
    जहाँ डिजिटल फोल्ट्रीफार्मदेखि सामान्यसम्मका विषयमा जानकारी दिईने छ । भारतीय पोल्ट्री इक्युप्मेन्ट एसोसिएसनका उदय सिंहले हरेक किसान विदेश गएर ज्ञान, सीप र प्रविधिबारे जानकारी लिन नसक्ने भएकाले नेपालमा आएर विश्वस्तरको कार्यक्रम गर्न लागिएको बताउनुभयो ।नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष टिका पोखरेलले कोभिडपछि सुस्ताएको पोल्ट्री व्यवसाय विस्तारै माथि उठ्न थालेको भन्दै थप चलायमान बनाउन एक्स्पो फलदायी हुने बताउनुभयो ।
    नेपाली पोल्ट्री क्षेत्रको समग्र विकास र नविनतम प्रविधिको प्रयोग गरी व्यवसायिक विकास गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको उहाँको भनाई थियो ।एक्स्पोमा १५ हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । एक्स्पोले भरतपुर भ्रमण वर्षलाई पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । एक्स्पोमा आउने प्रदर्शक र पाहुनाहरुले भरतपुरका ठूला होटलहरु भरिएका छन् ।

    Advertisement

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना
    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • २.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ३.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ५.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ६.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ७.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ८.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.