रोटरी क्लव अफ नारायणी मिट टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ नारायणी मिट टाउनको सह आयोजनामा भरतपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा १क्त०२ जनाले रदान गरेका छन । जसमध्ये ८६ जना पुरुष र १६ जना महिला रहेका छन । रोटरी क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष याम नाथ दनैको आतिथ्यतामा भएको कार्यक्रमको संयोजकमा आकाश पौडेल रहनुभएको थियो । पौडेलले सुरुमा रगत दिएर कार्यक्रमको सुरुवात गर्नुभएको हो । कार्यक्रममा रोट्याक क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट , रोटरी क्लब अफ नारायणी मिट टाउनका सस्थापक अध्यक्ष, पुर्ब अध्यक्षहरु, रोटरीयनहरु र रत्ननगर रोटरी क्लबको उपस्थिति रहेको थियो ।
Advertisement




