काठमाण्डौं/आफना शिष्यहरुसहित १००८ आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराज र राष्ट्रिय व्यापार मण्डल भारतका अध्यक्ष के के शर्मा भारतबाट नेपाल भ्रमणमा आउनुभएको छ । एक साता लामो नेपाल बसाई तालिकासहित उहाँहरु शनिवार साँझ नेपाल एयरलाईन्सबाट त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँहरुलाई विमानस्थल स्थित विशिष्ट कक्षमा पूर्व मन्त्री, सांसद, प्रहरी अधिकारी, धार्मिक अभियन्ता लगायतले स्वागत गर्नुभएको थियो । त्यसो त उहाँहरुले आज आराध्यदेव पशुपति नाथ र दक्षिणकाली माताको दर्शनसँगै राष्ट्र«पति रामचन्द्र पौडेल र कांग्रेस सभापति शेर बहादुर देउवालाई भेटने कार्यक्रम रहेको र अन्य दिन अन्य उच्च पदस्थसहित धार्मिक यात्रा समेत गर्ने तालिका रहेको राष्ट्रिय व्यापार मण्डल भारतका अध्यक्ष के के शर्माले जानकारी दिनुभयो । यस भ्रमण नितान्त धार्मिक रहेको पनि उहाँले जनाउनुभएको छ । आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरी महाराज हरिद्वार स्थित निरन्जिनी अखडा पिठाधिश्वर हुनुहुन्छ भने शर्मा उद्योगपतिका साथै धार्मिक अभियन्ता हुनुहुन्छ।
१००८ स्वामी कैलाशानन्द गिरीजी महाराजसहित भारतीय उद्योगपति शर्मा नेपालमा
१००८ स्वामी कैलाशानन्द गिरीजी महाराजसहित भारतीय उद्योगपति शर्मा नेपालमा
तपाईको प्रतिक्रिया




