सैनामैना/सिसौडाडा शान्ति टोल बिकास संस्था सैनामैना वडा नं ४ ले खुशीयाली जिवनका लागी सुसस्कार भन्ने नारा सहित एक दिने बालबालिका केन्द्रित उत्प्रेणात्मक कार्यक्रम आयोजना गरेको छ। टोलमा रहेका सानाबालबालिकालाई असल शिक्षा दिन सकियोस भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
पछिल्लो समय मानिसहरु धेरै तनावपुर्ण जिवनमा बाचिरहेको र यस प्रकारको जिवन शैलीले हानी पुग्न सक्ने भएकोले खुशी जिवन जिउने शैली सबैले जान्नु पर्ने बिषय भएकाले उत्प्रेरित गराउन कार्यक्रम को तय गरिएको थियो।
सबैमा असल संस्कार, अनुशासन र नैतिकता हुन अति आवश्यक रहेको र यसैलाई टेवा पुग्ने गरी सचेतना कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव लक्षमी श्रेष्ठले बताउनु भयो। अन्तर्राष्ट्रिय प्रशिक्षक तथा योग गुरु ऋषिराम न्यौपानेले प्रशिक्षण दिनु भएको थियो।
वार्ड अध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यता मा भएको कार्यक्रम टोलबिकासका अध्यक्ष तिलकराम पन्तको अध्यक्षतामा भएको थियो।
Advertisement




