सैनामैना/८० बर्ष उमेर नाघ्नुभएका (२१ जना ) बुवा आमालाई सम्मान गर्दै रामनगर टोल विकास संस्थाको छैटौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न। २ बर्ष को प्रगती प्रतिबेदन संस्थाका अध्यक्ष हरिबहादुर छेत्रीले एबम कोषाध्यक्ष सीता कुवरले आयब्यय प्रस्तुत गर्नुभएको थियो।
१५८ घरधुरी रहेको टोलबिकास संस्था को साधारण सभामा टोलबिकास समितिका संस्थापक अध्यक्ष एबम सल्लाहकार जगन्नाथ गौतम समाजसेबी ब्यक्तित्व चन्द्रकान्त भण्डारी ज्युले सुभकामना दिनुभएको थियो।
वार्ड अध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यता भएको कार्यक्रम टोलबिकास संस्था का सचिब पुस्पा पाण्डे आचार्य जि को संचालनमा भएको थियो।
अध्यक्ष जिले प्रस्तुत गरेको प्रतिबेदन बमोजिम २ बर्ष मा १ करोड २५ लाख भन्दा धेरै संघीय प्रदेश स्थानिय र वार्ड को बिनियोजन बजेटबाट आकर्षक मन्दिर निर्माण ग्राभेल,कालोपत्रे नाला ग्राभेल सहित भौतिक बिकास का कार्यक्रम भएको प्रतिबेदन मा उल्लेख छ।
मासिक सरसफाई का नियमित कार्यक्रम हरु गरिदै मानबिय बिकास तर्फका गतिविधि हरु समेत जानकारी गराईएको थियो। कार्यक्रममा वार्डका जनप्रतिनिधिज्यु हरु सबै टोल का अध्यक्ष ज्यु सहित १५० भन्दा धेरैको उपस्थिति रहेको थियो।
Advertisement




