• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • २. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ३. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ४. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ५. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

आत्मरक्षाका लागि किशोरीसंग मनोसामाजिक परामर्श संगै प्रतिरक्षा तालिम


  •   बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
  • भरतपुर/महिला, किशोरी र बालिकाहरुमाथि यौन दव्र्यवहार, जवरजस्तीकरणी, घरेलु हिंसा, लगायत विभिन्न प्रकृतिका हिंसाका घटना बढ्दै गएपछि किशोरीहरुलाई प्रतिरक्षा गर्न सिकाउने अभियानमुलक कार्यक्रम आजदेखि शुरु भएको छ । आदर्श नारी विकास केन्द्रले संस्थाको ३३ औं स्थापना दिवसको अवसर पारेर भरतपुर १६ स्थित दुर्गा शेषकान्त अधिकारी माध्यमिक विद्यालयका ९ र १० कक्षाका छात्राहरुसंग आत्मरक्षाका लागि किशोरीसंग मनोपरार्श कार्यक्रमको सुरुआत गरेको हो । हिंसाका घटना दिनप्रतिदिन बढ्दा किशोरीहरुको असुरक्षा प्रमुख सवालको रुपमा रहेको संस्थाका संस्थापक एवं महिलाअधिकारकर्मी मीना खरेलले बताउनुभयो । बिशेषगरि १६ बर्ष मुनिका बालिकाहरु यौनहिंसा लगायतको शिकार भइरहेको सरकारी तथ्याकंमा पनि देखिएको छ । अधिकारकर्मी खरेलले स्थानीय तहका आगामी निति तथा कार्यक्रमहरु मानवीय विकासमा केन्द्र्रित हुनुपर्नेमा जोड दिनुभयो । घटना भइसकेपछि भन्दा घटना हुनै नदिन सचेत हुनुपर्ने तर्फ औल्याउंदै उहाँले विद्यालयको पाठ्यक्रममै यस्ता विषयहरु समेटिनुपर्ने बताउनुभयो । उमेरसंगै आउने परिवर्तनमा मनलाई नियन्त्रण गर्न नसक्नु साथै सामाजिक सञ्जालको दुरुपयोगले किशोरावस्थाका बालिकाहरु हिंसाको शिकार हुनुपरेको संस्थाको अध्ययनमा उल्लेख छ । कलिलो उमेरमा प्रेममा फस्ने र चाहना अनुसार अगाडी नवढ्दा मानसिक समस्या उत्पन्न भई आत्महानीका घटना हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याकंमा पनि आत्महानीको घटना बढ्दो क्रममा रहेको देखिन्छ । २०८० साउन यता ०८१ बैशाखसम्मको तथ्याकं हेर्दा चितवनमा मात्र ८९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरीको तथ्याकंमा उल्लेख छ ।
    विभिन्न प्रकृतिका हिंसाका कारण महिला किशोरी तथा बालबालिकाहरुमा मानसिक समस्या बढ्दो देखिएकाले विशेषगरि किशोरावस्थाका छोरीहरुलाई लक्षित गरि आत्मवल र आत्मरक्षाका लागि अभियानमुलक कार्यक्रमको सुरुआत गरिएको हो ।
    सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका भरतपुर महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष अमृत हमालले संस्थाको यस अभियानलाई वडाले पनि साथ दिने वचन दिनुभयो । उहाँले किशोरावस्थामा हुने प्रेमले व्याल्कमेलिङ रुप लिई यसले समाजमा जटिल समस्या सिर्जना गरेको वताउनुभयो । भरतपुर १६ का प्रतिनिधिमुलक घटना सुनाउंदै उहाँले किशोरावस्थाका बालबालिकाहरु माया प्रेम र अन्य गतिविधिमा नलागी भविश्य सोचेर पढाईमा केन्द्रित हुन आग्रह गर्नुभयो । बेलैमा सचेत हुन सके ठुला ठुला घटनाबाट महिला तथा बालिकालाई बचाउन सकिने भन्दै उहाँले १६ नम्बर वडाले मानवीय विकासका कार्यलाई नै प्रमुख प्राथमिकतामा राखेर योजना निमार्ण गर्न प्रतिवद्ध भएको स्पष्ट पार्नुभयो ।
    विद्यालयका प्राधानाध्यापक माधव पौडेलले विधार्थीको मनोवल बढाउन र उनीहरुको आत्मरक्षाका लागि आदर्शले ल्याएको अभियान प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले संस्थाले गरिरहेको कार्यको खुलेर प्रसंसा समेत गर्नुृभयो ।
    सो अवसरमा सहजीकरण गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक लक्ष्मण केसीले आफुमाथि कुनै पनि हिंसा भयो भने नजिकको आफन्तलाई भनेर प्रहरीमा उजुरी दिन आग्रह गर्नुभयो । सो अवसरमा प्रहरीको टोलीले प्रतिरक्षाको गर्ने विधिहरुको उदाहरण (डेमो) देखाइएको थियो । कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता नर्वदा गौडेलले मानसिक स्वास्थ्यको बारेमा सहजीकरण गर्नुभएको थियो ।
    संस्थाका अध्यक्ष उषा खरेल सुवेदीले संस्थाले यो कार्यक्रमलाई जिल्लाका अन्य ११ विद्यालयमा पनि निरन्तर सञ्चालन गर्ने जानकारी दिनुभयो । स्थापनाको अवसरमा साताव्यापी कार्यक्रम गर्न लागेको संस्थाले महिला किशोरी र बालिकाको संरक्षण, सुरक्षा र न्यायका लागि पैरवीका लागि अभियान सञ्चालन गर्ने योजना बनाएको उहाँले बताउनुभयो । कार्यक्रम संयोजक एवं सचिव सरिता सुवेदी पाठकले संस्थाले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तर अगाडी बढाउने बताउनुभएको थियो ।
    महिला तथा बालबालिकाको क्षेत्रमा विगत ३३ बर्षदेखि अनवरत यस संस्था महिलाहरु, विना भेदभाव सम्मानित एवं शोषण मुक्त जीवन बाँच्न सक्ने अवस्थाको सृजनाको लागि क्रियाशिल छ । संस्थाले महिलाहरुको अन्र्तनिहित शक्तिको सबैले कदर गरौ भन्ने मुल मन्त्रका साथ स्थापना कालदेखि नै महिलाअधिकार, बालअधिकार र मावनअधिकारको रक्षार्थ अभियानमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
    यसैबीच,
    विद्याथीहरुमाझ पहिलो पटक गरिएको आत्मरक्षाको कक्षा निकै प्रभावकारी बनेको छ । विद्यार्थीहरुले आफु तथा परिवार र नजिकका साथीभाईलाई कसैले आक्रमण गरे या गलत तरिकाले शरिरमा छुन खोजे प्रतिरक्षा गर्न सक्ने आँट आएको भन्दै खुसी व्यक्त गरे । महिला बालबालिकाको हक हित सुरक्षाको सवालमा क्रियाशिल संघसंस्था र वडाध्यक्ष जस्ता अभिभावकको साथ र शिक्षाले आफुलाई थप हिम्मत बढेको उनीहरुको भनाई थियो । बालबालिकामाथि भइरहेका यौनजन्य हिंसा लगायतका अन्य आपराधिक घटनाले बालबालिकाको मानसिकतामा नकरात्मक असर परिरहेको उनीहरुले बताएका थिए । बालबालिकाको मानसिक स्वास्थ्यका लागि यस्ता कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिएका थिए ।

    Advertisement

    बिहिबार, जेठ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ३.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ४.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ५.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.