• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सरकारको आगामी बजेटले निजीक्षेत्रलाई ऐतिहासिक उत्साहित बनाउँछ : लामिछाने


  •   मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
  • भरतपुर/चितवनका उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघ चितवनले शनिबार एक कार्यक्रमका विच नेपाल सरकारका उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई स्वागत तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथी लामिछानेले नेपाल सरकारको आगामी नीति, कार्यक्रम तथा बजेटले निजी क्षेत्रलाई ऐतिहासिक उत्साहित बनाउने वताउनु भयो । त्यहि अनुसार नै सरकार नीति, कार्यक्रम तथा बजेट निर्माणमा जुटेको उहाँको भनाई थियो । साथै उहाँले उदाहारणीय काम गरेर देखाउन आफ्नो पार्टी सरकारमा सामेल भएको समेत दावी गर्नु भयो । आफु सभापति रहेको राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा)लाई जनताले अत्याधिक आशा गरेको पार्टीको रुपमा चर्चा गर्दौ लामिछानेले जनताको आशाप्रति आफु र आफ्नो पाटी जिम्मेवार रहेको वताउनु भयो । आर्थिक उन्नतीको जग नवसालेसम्म आर्थिक समृद्धिको कल्पना गर्न नसकिने वताउँदै लामिछनेले व्यवसाय मैत्री नीति निर्माणमा सरकारले ध्यान दिनुपर्ने वताउनु भयो । सहकारीको समस्या साधानमा फास्टट्रयाकमा कानुन निर्माण बनाएर समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।
    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले चितवनको निजी क्षेत्रको अवस्था, आर्थिक मन्दिको असर, समग्र चितवनको आर्थिक तथा सामाजिक विकासमा उद्योग वाणिज्य संघ चितवनको भुमिकाको विषयमा जानकारी गराउनु भएको थियो । उद्योग वाणिज्य संघ–चितवन २०१६ सालमा स्थापित नेउवामहासंघको संस्थापक सदस्य रहेको संस्था भएको वताउँदै श्रेष्ठले संघ नेपालमा मेलामहोत्सव आयोजना गर्ने पहिलो संस्था भएको वताउनु भयो । चितवनमा पाल्ट्री एक्सपो गर्दै जिल्लालाई विभिन्न उत्पादनको केन्द्रको रुपमा स्थापना गर्नमा उवासं चितवनले उल्लेख्य योगदान पु¥याएको वताउँदै उहाँले संघले हाल सम्म १४ वटा महोत्सव आयोजना गरिसकेको जानकारी दिनु भयो ।
    ६५ बर्ष भन्दा लामो ईतिहांस बोकेको उवासंघ चितवनले राज्यलाई निरन्तर सहयोग गर्दै व्यवसायीक हितका सवालमा राज्य र राज्य संयन्त्रलाई राय सुझाव पनि पेश गर्दै आइरहेको वताउँदै हाल कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई विकासका मुख्य आधार बनाई आफ्ना गतिविधि गर्दै आइरहेको वताउनु भयो । आगामी बर्षको बजेट के कस्तो हुनुपर्दछ भन्ने सवालमा समेत संघले यस अगावै अर्थ मन्त्रालयमा सुझाव पठाईसकेको जनाउँदै उहाँले ति सुझावहरुलाई सम्बोधन हुने व्यवस्थाका लागि गृहमन्त्री लामिछानेलाई अनुरोध गर्नु भयो ।
    अध्यक्ष श्रेष्ठले देशको विकासमा उद्यमी व्यवसायीको भुमिका महत्वपुर्ण रहने बताउँदै देशमा बढ्दो श्रम पलायन रोक्दै उत्पादन बढाउन सके देश आर्थिक समृद्धिको वाटोमा जाने बताउनु भयो । उहाँले निर्माणाधी अवस्थामा रहेको गौतमवुद्ध अन्तररष्ट्रिय क्रिेकेट रङ्गशाला निर्माणमा तिब्रता दिनका साथै पोखरा बसपार्क देखी गोलाघाट सम्मको नारायणी किनारमा सडक विस्तार लगायत नवलपुर सँग जोड्ने पुलको निर्माण गरी पर्यटकीय गतिविधि बढाउन गृहमन्त्रीको ध्यानार्कषण गराउनु भएको थियो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष एवं रास्वपाका केन्द्रिय सदस्य राजन गौतम, संघका पुर्व उपाध्यक्ष शिरिष पन्त, विशिष्ट सदस्यहरु विमल क्षेत्री, डा. मनोहर प्रधान, सुर्यनारायण पौडेल, कार्यसमिति सदस्य श्रीकृष्ण लम्साल, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण), कम्प्युटर एसोसिएसन चितवनका अध्यक्ष टेकलाल भुषाल, निर्माण सामाग्री (हाडवेर) व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष हरि प्रसाद गैरेलगायतले बोल्नु भएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवि सुवेदीले कार्यक्रममा उठेका विषयहरु संवोधन हुने कुरामा विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन सहित कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रम उवासंघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले संचालन गर्नु भएको थियो ।

    Advertisement

    मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.