काठमाडौं/ नेपालमा शुक्रवार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा उक्त संख्याका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका २५ ओटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८१० जनाको पीसीआर परीक्षण भएको बताए ।
मन्त्रालयका अनुुसार शुक्रवार थपिएका संक्रमित मध्ये काठमाडौंका मात्र २८ जना रहेका छन् । हाल देशभरका विभिन्न स्थानमा २३ हजार ९१० जना मानिसहरू क्वारेन्टाइनमा रहेका छन्। पछिल्लो २४ घण्टामा १२० जना डिस्चार्ज भएका छन्।




