तनहुँ/क्षत्री समाज नेपालको तनहुँमा शनिबार सम्पन्न चौथो केन्द्रीय महाधिवेशनबाट रिब बहादुर थापाको नेतृत्वमा नयाँ समिति गठन भएको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा लेख बहादुर कार्की, महिला उपाध्यक्षमा अमृतादेबी बानियाँ, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा लाल बहादुर अधिकारी, बाग्मती प्रदेशबाट उपाध्यक्षमा श्याम कार्की, गण्डकी प्रदेशबाट उपाध्यक्षमा राजेन्द्र अधिकारी, महासचिवमा कृष्ण बहादुर थापा, कोषाध्यक्षमा पदम बहादुर कार्की, कार्यसमिति सदस्यहरुमा हरि के सी (हेमन्त), विष्णु बहादुर बस्नेत लगायत २६ जना केन्द्रीय सदस्य चयन भएका छन् ।
त्यस्तै समितिको लेखा संयोजकमा शंकर बहादुर के.सी, लेखा सचिवमा पदम बहादुर जि.सि., लेखा सदस्यहरुमा प्रेम बहादुर जि.सि., पवन बहादुर रेग्मी, चन्द्र बहादुर सुवेदीलाई चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष रिब बहादुर थापाले समितिलाई अझै मजबुद बनाउँदै देशभरमा क्षत्री समाजको गतिविधिहरुलाई अगाडि बढाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।





