• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ८. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ९. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा : नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा विरोध


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • चितवन/नेपाल शिक्षक महासंघ चितवनमा एकलौटी रुपमा समिति घोषणा भएको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले विरोध जनाएको छ । संगठनले आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी अवैधानिक तरिकाले महासंघ चितवनको अधिवेशन गरिएको भन्दै आपत्ती प्रकट गरेको हो । शिक्षक महासंघ चितवनको यही बैशाख ८ गते अधिवेशन भइ अधिवेशनले उपस्थित शिक्षकहरुको सहमतिबाट नयाँ समिति चयन गरेको छ ।
    उक्त अधिवेशनका लागि प्रक्रिया नपुगेको भनि नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनले असहमति जनाउँदै अधिवेशन नै बहिस्कार गरेको थियो । शिक्षकहरुको सबैभन्दा पूरानो र दोश्रो ठूलो शैक्षिक घटकको असहमतिका बाबजुत पनि एकलौटी रुपमा तत्कालीन नेतृत्वले अधिवेशन गरी समिति चयन गरेपछि विवाद थप उत्कर्षमा पुगेको हो । नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्रप्रसाद भुषाल र सचिव तिलक कुँवरद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै संगठनले अधिवेशनप्रति आपत्ति प्रकट गरेको छ ।

    Advertisement

    विज्ञप्तिमा भनिएको छ, ‘नेपाल शिक्षक महासंघको विधान एवम् मिति २०८० माघ २९ गतेको परिपत्र बमोजिम क्रमशः स्थानीय तह, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय महाधिवेशन गर्नुपर्ने प्रावधानलाई लत्याउँदै आफ्ना महत्त्वकांक्षा पूरा गर्ने हेतुले मिति २०८१ वैशाख ८ गते नेपाल शिक्षक महासंघमा आवद्ध पमुख पेसागत घटक संस्था, नेपाल राष्ट्रिय शिक्षक संगठन, चितवनको लिखित असहमति र संलग्नताबिना कथित नेपाल शिक्षक महासंघ घोषणा सभाको नाम दिएर अवैधानिक तरिकाले जिल्ला समिति घोषणा गरिएको जानकारी सामाजिक सञ्जालहरुमार्फत प्राप्त भएको छ । आम चितवनबासी न्यायप्रेमी, शिक्षक, विद्यालय कर्मचारीहरुको पेसागत हकहित, अधिकार र सुरक्षाको उद्देश्यलाई लत्याई निहित पदीय स्वार्थ र संकिणताबाट प्रेरित यस्तो कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

    विभिन्न कारणहरु प्रस्तुत गर्दै शिक्षक संगठनले महासंघको जिल्ला अधिवेशन अवैध रहेको ठहर गरेको छ । संगठनले प्रस्तुत गरेका कारणहरुमा वर्तमान अवस्थामा पालिकागत रुपमा सदस्यहरुको नामावली विवरण संकलन र प्रमाणीकरण नगरिएको उल्लेख छ । त्यस्तै जिल्ला अधिवेशनको लागि पालिकागत रुपमा जिल्ला अधिवेशन प्रतिनिधिको छनौट एवम् समावेश नगरिएको उल्लेख छ । त्यस्तै निर्वाचन समिति गठन नगरिएको कुरा उल्लेख गरिएको छ । त्यसैगरी अघिलो कार्यसमितिको सांगठनिक र अर्थिक प्रतिवेदनहरुको प्रस्तुति, छलफल र अनुमोदन नगरिएकाले अधिवेशन अवैध भएको भन्दै शिक्षक संगठनले विरोध जनाएको हो । यी कारणहरु देखाउँदै शिक्षक संगठनले उक्त अधिवेशनलाई कथित अधिवेशन र नयाँ समितिलाई अवैधानिक भनेको छ ।

    ‘आगामी दिनमा वार्ता र संवाद मार्फत प्रारम्भिक चरणबाट विधिवत प्रक्रिया सुरु गर्न संगठनले माग गरेको छ । साथै स्वेच्छाचारी ढंगमा स्वघोषणा गरिएको जिल्ला समितिलाई वैधानिकता नदिनको लागि सम्बन्धिन सरोकारवालाहरुको ध्यानाकर्षण संगठनले गराएको छ । सबै शिक्षक र विद्यालय कर्मचारीहरुको साझा छाता संस्थाको रुपमा महासंघलाई विकास गरी सबैको अपनत्व हुने मर्मलाई ध्यानमा राखी अघि बढ्न संगठनले माग गरेको छ । सहज तवरबाट समस्याको समाधान नभए आफूहरु न्यायिक प्रक्रियाका लागि अदालतको ढोक ढकढकाउन पुग्ने संगठनले पत्रकार सम्मेलनमा जनाएको छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • २.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ३.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ४.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ५.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ६.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ७.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ८.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.