भरतपुर/
कैलाशनगर, भरतपुर निवासी समाजसेवी एवं युवा व्यवसासी सुनिल क्षेत्रले आफ्नो जन्मदिनको अवसर पारेर देवघाटमा रहेको रोटरी करुणालय वृद्धाश्रम तथा “थाहा” सदावर्तका वृद्धाहरुलाई सहयोग गरेका छन् । मानिसहरुले आफ्नो जन्मदिनको अवसरमा अनावश्यक रुपमा खर्च गरेर जन्मदिन मनाई रहेको सन्दर्भमा समाजमा उनी एक उदाहरणीय पात्र बनेका छन ।
समय–समयमा समाजसेवामा लागिरहने क्षेत्रीले यसअघि पनि साहाराको घरलाई आर्थिक सहयोग, नोभेल कोरोना भाइरसको कारण नेपाल सरकारले गरेको लकडाउनको पूर्वसन्ध्यामा सटर भाडामा लिएर व्यवसायी गर्दै आएका भरतपुर–५, कैलाशनगर, शान्तिचोकका व्यवसायीहरुको सटर भाडा छुट समेत दिएका थिए ।
क्षेत्रीले चैत्र, बैशाख र जेठ महिनाको भाडा बराबरको करीब ४५ हजार रुपैयाँ छुट दिएर आफ्नो उदारता देखाईसकेका छन् । समाजसेवी क्षेत्रीले विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा गर्दै सहयोग गरिसकेका छन् । उनीजस्ता समाजसेवीलाई समाजले सम्मान गर्नुपर्ने देखिन्छ । समावसेवी क्षेत्री नारायणी पोष्ट पत्रिका प्रबन्ध निर्देशक समेत हुन् ।
जन्मदिनको अवसरमा वृद्धाश्रमलाई सहयोग
जन्मदिनको अवसरमा वृद्धाश्रमलाई सहयोग
Advertisement
तपाईको प्रतिक्रिया




