• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, असोज २५, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

चितवन उद्योग संघ, महिला उद्यमी मञ्चको ३५ औं बार्षिक साधारण–सभा र युवा उद्यमी मञ्चको सातौंं साधारण–सभा सम्पन्न

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने : मन्त्री भण्डारी


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • भरतपुर/स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत चितवन उद्योग संघ र कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा आजदेखि “औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१” शुरु भएको छ ।

    Advertisement


    समुद्घाटन समारोहका प्रमुख अतिथि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले प्रदर्शनीको उद्घाटन गर्दै देशमै औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा विस्तार गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । मन्त्री भण्डारीले साना तथा मझौला उद्योगहरुको बजार मागमा आएको उच्च कमीका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुको समस्या समाधानका लागि उचित नीति बनाई कार्यान्वयन गराउनको लागि आफूहरु तयार रहेको बताउनुभयो ।
    आयोजक संस्था चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानले विश्वमा नै आर्थिक मन्दी देखिएको वर्तमान समयमा औद्योगिक उत्पादनको खपतमा गिरावट आईरहेको र अधिकांश उद्योग व्यवसायहरु बन्द हुने अवस्थामा पुगिसकेको र सञ्चालनमा रहेका उद्योगहरु समेत अत्यन्त न्यून क्षमतामा सञ्चालित भएकाले उद्यमशिलताको अस्तित्व नै संकटमा पर्ने देखिएको बताउनुभयो ।

    कार्यक्रममा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको तर्फबाट बागमती प्रदेश सरकार, आर्थिक, मामिला तथा योजना मन्त्री माननीय जगन्नाथ थपलिया, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, कम्प्युटर एसोशिएसन नेपाल महासंघका अध्यक्ष रन्जित कुमार पोदार, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोखरेल, उद्योग वाणिज्य संघ चितवनका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी लगायतले प्रदर्शनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदर्शनीमा चितवन उद्योग संघ, कम्प्युटर एसोशिएसन नेपाल महासंघका चितवन शाखाका पूर्व अध्यक्षहरु, पदाधिकारी एवम् सदस्यहरुको समेत सहभागिता रहेको थियो ।
    प्रदर्शनीमा नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोग रहेको छ । भने प्रदर्शनीमा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश लगायतबाट स्टलको सहभागिता रहेको छ ।


    प्रदर्शनी अवधिमा चैत्र ८ गते “नेपालमा स्टार्टअप इको सिष्टम र टेक्नोलोजिकल इनोभेसन” र चैत्र १० गते “दिगो औद्योगिक विकासका लागि अवसर र चुनौती” शीर्षकमा प्यानल डिस्कशन सहितको सेमिनार आयोजना हुँदैछ ।
    प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरुको लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।


    त्यस्तै, प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनसँगको सहकार्यमा “चितवनको सम्बृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” आयोजना गरिएको छ । प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदर सहित किस्ताबन्दीमा ल्यापटप तथा मोवाइल खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको एक्सचेन्ज तथा निःशुल्क मर्मत सेवा, विभिन्न ब्राण्डका स्मार्ट इन्टरएक्टिभ बोर्डहरुमा विशेष छुट लगायतका सुविधा तथा सहुलियत प्रदान गरिनेछ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ ।


    यसरी अनलाइटबाट रजिष्ट्रेशन गरी प्रदर्शनी अवलोकन गर्ने अवलोकनकर्ताहरु मध्येबाट दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्पर प्रदान गर्ने योजना अन्तर्गत आज पहिलो दिन कुपन नं. १५ प्रथम, कुपन नं. १ दोश्रो र कुपन नं. १० तेश्रो हुन सफल भएका छन् । प्रथम पुरस्कार प्राप्त गर्ने एक जोडीको लागि क्षेत्रीय होटल संघ, सौरहाले सौराहाको होटलमा बसाई र बिहानको नास्ता, चितवन उद्योग संघको पदाधिकारीबाट जिप सफारी, दोश्रो पुरस्कारको रुपमा चितवन उद्योग संघको संयोजनमा प्रदर्शनी हल एमा रहेका प्रदर्शकहरुका उत्पादनहरु र तेश्रो पुरस्कारको रुपमा आयोजक संस्था कम्प्युटर एशोसिएशसन महासंघ चितवन शाखाको तर्फबाट आकर्षक गिफ्टहेयाम्पर प्रदान गरिएको प्रदर्शनी तथा व्यवसाय प्रर्बद्धन विभागका संयोजक दिनुप कुमार बरालले जानकारी दिनुभयो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले सञ्चालन गर्नुभएको प्रदर्शनी शुभारम्भ कार्यक्रमलाई आयोजक संस्था कम्प्युटर एसोशिएसन नेपाल महासंघ, चितवन शाखाका अध्यक्ष टेकलाल भुषालले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा
    चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न
    कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?
    कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने
    रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • २.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ३.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ४.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    • ५.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

    • ६.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

    • ७.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

    • ८.
      नेपाल दुर्लभ रक्त समुदाय चितवनको सोर्हौं वार्षिक साधारणसभा तथा दशौं अधिवेसन सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.