• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

लोकप्रिय समाचार

  • १. WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका लागि शेयर बजारसम्बन्धी लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

  • २. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • ३. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ४. रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई सहयोग तथा महिनावारी स्वच्छता सचेतना कार्यक्रम सम्पन्न

  • ५. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • ६. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ७. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • १०. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

गर्दै नगरेको गल्तिको सजाय बोक्न बाध्य हुनुपर्ने यो कस्तो संस्कार हो हाम्रो ?


  •   शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
  • जीबनमा पहिलो पल्ट तराइमा खेलिने रमाइलो होलीको अनुभुत गरि नसक्दै मलाई तय गर्नु थियो, नेपालगंज देखि सल्यान सम्मको यात्रा ।

    Advertisement

    चैत्र ११ गते बिहानै नेपालगंज बसपार्क पुग्दा मौसम हल्का चिसो र मन एक प्रकारको बेचैन भएको अनुभति भएको थियो मलाई ।

    घरमा छोडेर हिडेको काखे बच्चाको अनुहारमा लपक्क टाँसीएको थियो हृदयमा, भित्रको मातृत्व उम्लेर अमिलो भएको थियो यात्राको शुरुवात ।

    टिकट लिएर म बसमा बसे । निकै बेर पछि खचाखच यात्रु भरिएको बसले नेपालगंज छोड्यो ।

    बस भित्र अनेकौ यात्रुहरु छन् अथवा भनौ अनेक जिवनहरु छन् । आ–आफ्नै कथा ब्यथा । आ–आफ्नै लय छन् जिन्दगीका ।

    धेरै कलिला बच्चाहरु छन् । बच्चालाई आमाको काख संसारको सबभन्दा प्रिय लाग्छ, त्यसैले त त्यो यात्राको कुनै प्रतिक्रिया थिएन, ति कलिला जीवनहरुको अनुहारमा, झोलुङ्गो बनाएर आमाको काखलाई आ–आफ्नै धुनमा मस्त थिए, ति अबोध नानीहरु ।

    मेरो छेउमा एउटा बच्चा आमासँग लपक्क टासिएर मलाई टुलुटुलु हेरिरहेको थियो । उ खुट्टा घरि घरि म तिर ल्याउथ्यो, उसकी आमा त्यसो नगर अन्टिको नाना फोहोर हुन्छ भन्दै सर्तक गराउथिन्, उ मुसक्क हाँस्दै फेरी त्यसै गथ्र्यो, आखिर संसारका अनेक अनेक भयहरु सँग अनभिज्ञ थियो, उ स्वतन्त्र थियो आफ्नो हृदयको गित निस्फीक्रि सुनाउन, त्यसैले त यसो गथ्र्यो ।

    केहीबेर पछि म आफैले उसको खुट्टा मेरो काखमा राखीदिए अब उसलाई सजिलो भएको थियो । पलङ्ग बनाएर हामी दुइको काखलाई उ एकै क्षणमा मस्त निदायो । मेरो यस्तो क्रियाकलाप देखेर ति बैनीले जिज्ञासु पाराले भनिन् दिदि हजुरको पनि बच्चा छ हो ? अ छ यहि बाबु जत्रै । मैले मधुरो स्वरमा भने ।

    यसो भनिरहदा मन भित्र एक तमासको सुन्यता छायो नचाहेरै पनि आँखा रसायो । त्यो सानो बच्चाको काख खोसेर म यो कुन चाहि नयाँँ खुसीको यात्रामा छु, आत्मग्लानी भयो भित्रभित्रै । कति कमजोर हुन्छ मन यो बिषयमा । बिभिन्न प्रकारका तालिममा सहभागीहरुलाई हिम्मत जुटाउन र जीवनमा प्रगति गर्न तालिम दिदै हिड्ने एक प्रशिक्षक, आफ्नै जिवनको पाठशालामा कति कमजोर ।

    बस आफ्नै गतिमा हुइकिरहेको थियो, ति बैनी र मेरो अपरिचयको दुरीलाई अलिक छोट्टाइदिएको थियो त्यो सानो बाबुले । सायद यसैलाई आधार बनाउदै उनले सोधीन दिदि काहासम्म हिड्नु भएको नि, काम गर्नुहुन्छ ?

    होला है उनले प्रश्न र जिज्ञासा एकै पटक राखीन् । हो, म अफिसको कामको शिलशिलामा सल्यान जान लागेको । मैले उनको दुबै प्रश्नको जबाफ एकैचोटी दिए । केटी मान्छेले पनि यसरी जागीर खानु कति राम्रो हुन्छ है, मैले पनि तपाइले जस्तै पढेको भए आज मेरो यस्तो हालत हुदैनथ्यो होला नि है । उनीभित्र भएको पिडाको समुद्र एकैचोटी बिस्फोट होला जस्तो भयो, उनि आफूलाई संम्हाल्न निकै प्रयास गरिरहेकी थिइन् होइन के भयो र ? बैनी उनको त्यो छटपटाहाटलाई चिर्दे मैले सोधे ।

    मेरो पनि सुन्दर सानो घर थियो, श्रीमानको इन्डीयन आर्मीमा जागिर थियो, एउटा छोरो थियो सम्पति पनि बिस्तारै जोड्दै गएका थियौ, चारकोठाको एउटा घर थियो कोहलपूरमा एक टुक्रा जग्गा थियो, दिदिबैनीहरु मेरो भाग्य देखेर डाहा गर्थे । आफ्नो सफलता का सुन्दर कथाहरु एकैचोटी सुनाइन् ।

    यी शब्दहरु सँगै उनको अनुहारमा बलेको थियो सानो उज्यालो । लगत्तै सुनाइन जिवनको अर्को दुखद पाटो । मात्र ६ महिनामा मेरो जीवन काहाबाट काहा पुग्यो दिदि, यति भनिसक्दा एकैक्षण अगाडि उनको अनुहारमा देखिएको उज्यालो उनको आँखामा बगेका ब्यथाहरुको सप्तकोशीले बगाइसकेको थियो ।

    के भयो र भनन ? मैले निकै जिज्ञासु पाराले भने । पछिल्लो पल्ट पल्टनमा आउदा उसले पहिला पहिला जस्तो पैसा ल्याएन, अनि छोरालाई र मलाई पनि केही ल्याएन । कुनै समस्या प¥यो होला मैले यसलाई स्वभाविक ठाने, केही भनिन, एक दिन नेपालगंजको प्रहरी कार्यालयबाट फोन आयो, तपाइको श्रीमान हिरासतमा छ, म डराउदै महानगरिय प्रहरी कार्यालयमा पुगे ।

    उसलाई ड्रग्स प्रयोग गर्दागर्दै समातिएको रहेछ, ड्रग्स प्रयोग गर्नेलाई हदैसम्मको सजाय हुन्छ भन्ने त्यहाँ पुगेर थाहा पाए, अनेक अनेक उपायले त्यतिबेला उसलाई छुटाइयो, तर उसको लागेको बानी हटेन उसले जग्गा बेच्यो, घर बेच्यो, मेरो तिलहरी बेच्यो, ग्याँस बेच्यो, घरका भाडा कुडा बेच्यो, बेच्न मिल्ने जति सबै बेच्यो मात्र उसको भागको म र छोरा बाँकी छौ अरु सबथोक बेच्यो ।

    ड्रग्स खान पाएन भने जुत्ता टोक्थ्यो, माटो खान्थ्यो अनि चक्कुले चिरेर आफ्नै हात छिया छिया पाथ्र्यो । उ निकै कमजोर भयो, मानसिक सन्तुलन गुमेजस्तो भयो, मलाई देख्दा कहिले डराएर लुक्थ्यो, कहिले टोक्न आउथ्यो, कहिले चिर्थोथ्यो, यति भनिसक्दा उनको अनुहारमा पीडाको साउन बर्सन ठिक्क परेको थियो, उनि अझै अगाडी बढ्दै गइन्, उपचार गर्न र यो कुलतबाट छुटाउन काठमाण्डौ लगे, तर त्याहाँ पनि ड्रग्स प्रयोग गर्दा गर्दै काठमाण्डौको पुलिसले समातेर लग्यो अहिले उ हिरासतमा छ, अब के गर्ने ? यहि सल्लाह गर्न माइती सल्यानमा जान लागेको । यति भनेर उनले आफ्नो जिवनको दुखद कथाको बिट मारिन् ।

    तर मेरो मथिङ्गल भने अनेक अनेक प्रश्नहरुले खलबलिन शुरु भयो, मैले फेरी कोट्याएर सोधे तिमि कति बर्षकी भयौ ? उनले भनिन् यहि माघमा १७ पुगेर १८ लागे । उनको यो पछिल्लो अभिब्यक्ति ले मेरो मन झन हल्लीयो ।

    केबल १८ बर्षको कलिलो उमेरले यो बोझ कसरी बोकोस् उ ? उसले गर्दै नगरेको गल्तिको सजाय बोक्न बाध्य हुनुपर्ने यो कस्तो संस्कार हो हाम्रो ? यसरी छोरीको भाग्य फैसला गर्ने अधिकार कसले दियो आमाबाबुलाई ? त्यो अबोध शिशुलाई काखी च्यापेर अब कुन यात्रामा अगाडी बढोस उ ? उ जस्ता कैयन् कलिला नानीहरु बिना गल्तिको आजिबन कैदमा कति बन्दि भैरहेका होलान यो देशमा ? के छोरी भएर जन्मनुको अर्को पर्याय अरु कसैको गल्तिको अग्नीकुण्डमा आफ्नो जीबन बिना शर्त जलाउनु हो ? एक पछि अर्को प्रश्नले खलबलिए म ।

    शुक्रबार, असार १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने
    ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      WORLD INVESTOR WEEK 2026 को अवसरमा विद्यार्थीहरूका

    • २.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • ३.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ४.
      रोटरी क्लब अफ नारायणी मिड टाउनद्वारा राष्ट्रिय

    • ५.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    भर्खरै

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • २.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ३.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ४.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ५.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ६.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ७.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    • ८.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.