• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ५. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ मा अनलाइनबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्ताहरु मध्ये दैनिक तीन जनालाई आकर्षण गिफ्टह्याम्परको व्यवस्था


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • भरतपुर/चितवन उद्योग संघ र कम्प्युटर एशोसिएसन नेपाल महासंघ, चितवनको संयुक्त आयोजनामा मिति २०८१ बैशाख ७ गतेदेखि ११ गतेसम्म चितवन प्रदर्शनी केन्द्र भरतपुर, चितवनमा औद्योगिक प्रदर्शनी तथा सूचना प्रविधि मेला–२०८१ हुने भएको छ ।

    Advertisement

    स्वदेशी उत्पादनको बजारीकरण गर्ने र प्रविधि हस्तान्तरण मार्फत उद्यमशिलता विकासका लागि सहयोग पु¥याउने उद्देश्यका साथ भरतपुर भ्रमण वर्ष २०२४ लक्षित प्रदर्शनी तथा मेला महोत्सव अन्तर्गत नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रबद्र्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग तथा वाणिज्य कार्यालय चितवन, भरतपुर महानगरपालिका सहित चितवनका स्थानीय पालिकाहरुको प्रवद्र्धन सहयोगमा प्रदर्शनीको आयोजना हुने चितवन उद्योग संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेले बताउनुभयो ।

    प्रदर्शनीबाट लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नविनतम प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने, कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवद्र्धन गर्ने, बिटुबि तथा बिटुसि मिटिङका माध्यमबाट राष्ट्रिय उत्पादनको बजारीकरणको लागि सहयोग पु¥याउने, नव प्रवर्तन र नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, वर्तमान समयमा सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पु¥याउने, प्रदर्शनीका क्रममा स्वदेशी एवम् विदेशी उद्योगीहरूका वीच प्रत्यक्ष भेटघाटका माध्यमबाट हुने छलफलबाट औद्योगिक उत्पादनको चरणमा वस्तुको बजार र उपभोक्ता आकर्षण गर्न, ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग, प्रक्रियाका सम्बन्धमा ज्ञान अभिवृद्धि गर्न तथा व्यवसायिक सम्बन्ध स्थापित गर्न सहयोग गर्ने, आधुनिक सूचना प्रविधिको अधिकतम् सदुपयोग गरी औद्योगिक विकासमा प्रयोग हुने आधार तयार गर्ने, तीनै तहका सरकारका औद्योगिक कार्यक्रमहरु लक्षित उद्योगीहरुसम्म पु¥याउन सहयोग गर्ने उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

    प्रदर्शनीमा नेपाली उद्योगहरुले प्रयोग गरिरहेका उत्पादन प्रक्रिया र प्रविधिको बारेमा जानकारी प्राप्त गर्ने र लघु, घरेलु तथा साना उद्योगीलाई उपयुक्त हुने नविनतम प्रविधि ग्रहण गर्ने अवसर जुटने अनुमान गरिएको छ । प्रदर्शनीमा उद्यमी, उद्यमीका व्यवसायिक परामर्शदाताहरु (इन्जिनियर, अडिटर, बैंकर्स) वितरक, व्यापारी, स्थानीय, प्रदेश सरकार तथा संघीय सरकारका सम्बन्धित मन्त्रालय तथा विभागका उच्च पदस्थ व्यक्तिहरु, नेपाली उद्योगहरुका सञ्चालक, लगानीकर्ताहरु, विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु, आधुनिक प्रविधि उत्पादकहरु, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरु, स्थानीय, प्रदेश तथा संघीय सरकारका औद्योगिक नीति निर्माताहरु तथा जनप्रतिनिधिहरु, कृषक तथा कृषि समूहहरुले अवलोकन गर्ने चितवन उद्योग संघका उपाध्यक्ष एवम् प्रदर्शनी तथा व्यवसाय प्रबद्र्धन विभागका संयोजक दिनुपकुमार बरालले बताउनुभयो ।
    त्यस्तै प्रदर्शनीको अर्को आयोजक संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले प्रदर्शनी अन्तर्गत नै कम्प्युटर एसोसिएसन नेपाल महासंघ, चितवन शाखाले “चितवनको समृद्धि सूचना प्रविधि” भन्ने मुल ध्येय राखी “छैँटौ टेकमाइण्ड नेटवर्क क्यान इन्फोटेक चितवन २०८१” हुने बताउनुभयो । प्रदर्शनीमा सञ्चालन हुने प्रविधि सचेतनामूलक कार्यक्रमका माध्यमबाट जनचेतना अभिबृद्धि गर्ने लक्ष्य लिइएको, प्रदर्शनीमा आईटी सेमिनारका माध्यमबाट नविनतम् प्रविधिको प्रयोगको लागि उत्प्रेरित गरिने भुषालले जानकारी दिनुभयो ।
    प्रदर्शनी अवधिभर टेकमाइण्ड इन्टरनेट जडान गर्ने अवलोकनकर्ताहरुलाई विशेष सहुलियत प्याकेज उपलब्ध गराईनेछ । प्रदर्शनी अवधिभर शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुविधामा ल्यापटप खरिद गर्न पाईने, कम्प्युटर, ल्यापटप तथा प्रिन्टरहरुको निःशुल्क मर्मत सेवा लगायतका सुविधा तथा सहुलियत प्रदान गरिने भुषालले जानकारी दिनुभयो ।
    निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आउन चाहने अवलोकनकर्ताहरुलाई अनलाइन रजिष्ट्रेशन गर्ने व्यवस्था मिलाईको छ । अनलाइनबाट रजिष्ट्रेशन गरी आउने अवलोकनकर्ताहरु मध्ये दैनिक तीन जनालाई गोलाप्रथाको माध्यमबाट आकर्षण गिफ्टह्याम्परको समेत व्यवस्था गरिनेछ । सातवटै प्रदेशका उद्योग मन्त्रालयको सिफारिसमा ३–३ वटा निःशुल्क स्टलहरु रहने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने र स्वदेशी तथा विदेशी गरी २५००० भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने छन् ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित
    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ५.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      हेमबहादुर मल्ल सम्मानबाट डा. श्रेष्ठ र पूर्वसचिव खनाल सम्मानित

    • २.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • ३.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ४.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ५.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ६.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ७.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ८.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.