भरतपुर/चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश तदर्थ समितिको एक विशेष बैठकले समितिमा आवद्ध सदस्यहरुसँग परिचयात्मक तथा नयाँ वर्ष २०८१ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने, चितवन जिल्ला शारीरिक सुगठन समिति गठन गरी समितिलाई पूर्णता दिने, मिष्टर चितवन प्रतियोगिता सञ्चालन गर्ने लगायतका विविध बिषयहरुमा छलफल गरेको छ ।
चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश तदर्थ समितिका अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न छलफल कार्यक्रममा उपाध्यक्ष इन्द्र बहादुर श्रेष्ठ, सचिव बीर बहादुर राना, कोषाध्यक्ष प्रविन कुमार सिंह, सदस्यहरु अनिल कुमार श्रेष्ठ, एलिना सुनार, संगीता गुरुङ, शारीरिक सुगठन तथा फिटनेश बागमती प्रदेशका सदस्य राकेशमान श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
Advertisement




