चितवन/चितवन राष्ट्रिय निकुञ्जभित्र विक्रमबाबाको पुजा व्यवस्थापनमा थारु कल्याणकारिणी सभा चितवनले चासो देखाएको छ । २६ गते धुपौर गरेर चैत्र २७ गतेदेखि विधिवत रुपमा पुजा सुरुगर्ने थारु कल्याणकारिणी सभा चितवनको बैठकले निर्णय गरेको छ । मेला २६ गतेदेखि सुरु भएपनि बलिदिने काम चैत्र २७ गतेवाट मात्रै हुने थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीले जानकारी दिनुभयो । विक्रम बाबाको पुजालाई व्यस्थित बनाउन यो वर्ष थारु कल्याणकारिणी सभाले १० जना भन्दाबढी गुरौंको व्यस्थापनगर्ने तयारी गर्दै छ । पश्चिम चितवनको धनौजीमा बसेको बैठकले प्रत्येक क्षेत्रवाट एकएकजना गुरौं विक्रमबाबाको पुजाका लागि परिचालनगर्ने निर्णय गरेको छ ।

थारु कल्याणकारिणी सभा चितवनभने मेलाको प्रर्वद्धकको रुपमा रहनेछ । यस्तै चितवनका दशवटै क्षेत्रीय समिति सहयोगी संस्थाको रुपमा रहने थाकस चितवनका जिल्ला सभापति चौधरीले जानकारी दिनुभयो । भरतपुर भ्रमणवर्षलाई लक्षित गरेर वडा नं. २३ ले मेलाको औपचारिक समद्घाटन कार्यक्रम आयोजना गर्दैछ । थारु गुरौंहरुले पुजा गरेपछि मात्रै मेलाको औपचारिक सुरुवात हुनेगरी तयारी गरिएको भरतपुर महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष दीपक दवाडीले जानकारी दिनुभयो । बैठकमा वडा नं. २२ र २३ का वडा अध्यक्षहरु समेत सहभागि भएका थिए ।




