• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ शुरु


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • ललितपुर/ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ आजबाट शुरु भएको छ । ललितपुर चेम्बर अफ कमर्सको आयोजनामा मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा आयोजित उक्त ट्रेड एक्स्पोको उद्घाटन उपप्रधान तथा परराष्ट्र« मन्त्री नारायणकाजी श्रेष्ठले गर्नुभयो । सो अवसरमा ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोको समुद्घाटन कार्यक्रमलाई संबोधन गर्नुहुँदै उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले देश हाल संविधान कार्यन्वयनको चरणमा रहेको उल्लेख गर्नुहुँदै सरकारले आर्थिक र सामाजिक रुपान्तरणका निम्ति सकृयतापूर्वक काम गर्दै आएको बताउनुभयो । उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले नेपाल सांस्कृतिक तथा प्राकृतिक रुपमा समृद्ध देश भएको जिकिर गर्नुहुँदै आर्थिक विकासमा तिव्रता दिदै छलाङ मार्ने गरि अगाडि बढ्नुको विकल्प नरहेको स्पष्ट समेत पार्नुभयो । त्यसैगरि उहाँले निजि क्षेत्र र सरकार मिलेर अर्थतन्त्र उकास्ने गरि काम गर्ने, लगानी सम्मेलन तथा आर्थिक गतिविधि बृद्धि गर्ने, आर्थिक कुटनीतिमा जोड दिने जस्ता कार्य गर्न आवश्यक रहेको औल्याउनुहुँदै आफूे हरपल हर क्षण आर्थिक विकासका निम्ती कसरी योगदान दिन सकिन्छ भनेर प्रयत्नशील रहदै आएको र हालसालै भएको चीन भ्रमण पनि त्यसैको उपज रहेको बताउनुभयो । श्रेष्ठले उक्त भ्रमणका क्रममा आर्थिक सम्बन्ध बिस्तार नया सम्भावना बारे चीनसँग छलफल भएको बारे पनि जानकारी गराउनु भयो । उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठले ललितपुर हस्तकलाको केन्द्र भएकाले कला नगरीका रुपमा ललितपुरले कायम राख्दै आएको पहिचान तथा देशकै आर्थिक विकासमा ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आफूले लिएको उल्लेख समेत गर्नुभयो । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले ललितपुर चेम्बरले स्थापना काल देखी नै महत्वपूर्ण कार्यक्रमहरु गर्दै आएको प्रसंग उल्लेख गर्नुहुँदै यस्ता नेपाल मेलाले देशको अर्थतन्त्र चलायमान गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । त्यसैगरि कार्यवाहक अध्यक्षअग्रवालले आर्थिक कुटनीतिलाई बढवा दिन उपप्रधान तथा परराष्ट्र« मन्त्री श्रेष्ठ समक्ष आग्रह गर्नुहुँदै श्रेष्ठले हालसालै गर्नुभएको चीन भ्रमणका क्रममा १२ वटा नाका खुला गर्ने, हवाई उडान बृद्धि, लगानी सम्मेलनमा चिनिया व्यापारीको उल्लेख्य सहभागीता, व्यापार निकासीका निम्ति सहजीकरण आदी विषयमा समझदारीले निजी क्षेत्र उत्साहित रहेको बताउनुभयो । साथै उहाँ विदेशी मुद्रा अहिलेसम्मकै उच्च मौज्दात रहेको तथा बैक तथा वित्तिय संस्था र राष्ट बैकमा यथेष्ट मौज्दात रहदा रहदै पनि नीतिगत समस्याका कारण स्वदेशी लगानीकर्ताहरु उत्साहित हुन नसक्दा अर्थतन्त्रले आशातित रुपमा गति हासिल गर्न नसकेको उल्लेख गर्नुभयो । कार्यक्रममा ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले एक्स्पोले आर्थिक गतिविधिलाई बढाउन फलदायी हुने अपेक्षा  लिएको सन्दर्भ उल्लेख गर्नुहुँदै मेलामार्फत सहभागी देशहरूको उत्पादनको प्रवद्र्घनमा सघाउ पुग्ने दाबी गर्नुभयो । त्यसैगरि अध्यक्ष शाक्यले निजी क्षेत्रको पुरानो संस्था नेपाल चेम्बर अफ कमर्शको जिल्ला शाखाका रुपमा रहेको ललितपुर चेम्बर अफ कमर्शले विभिन्न अन्तराष्ट्रि«य चेम्बरसँग संबन्ध स्थापित गरेको सन्दर्भ उल्लेख गर्नुहुँदै ललितपुर स्थित सुगम र दुर्गम क्षेत्रका व्यवसायीहरुलाई गोलबद्ध गरि यहाँका मौलिक तथा अन्य उत्पादनको प्रबद्र्धनका निम्ति कार्यहरु गर्दै आएको जानकारी समेत दिनुभयो । सो अवसरमा उहाँले कला र संस्कृतीको नमुना ललितपुरका निम्ति ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो– कोशेढुंगा साबित हुने दावी पेश गर्नुहुँदै निजी क्षेत्रको मनोबल उकास्ने गरि सहजीकरणको काम गर्न सरकारलाई आग्रह समेत गर्नुभयो । २०२४ लगानी सम्मेलनले महत्वपुर्ण काम गर्ने अभिलाषा व्यक्त गर्नुहुँदै उहाँले निकासीमा कमी, अन्तराष्ट्रि«य व्यापार बृद्धिमा देखिएका चुनौतीको, मौलिकता बोकेका सामाग्रीको प्रबद्र्धनमा हुँदै आएका कमजोरी जस्ता सवालमा सरकारी स्तरबाट आवश्यक पहल गर्न नितान्त आवश्यक रहेको समेत बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद राम कृष्ण चित्रकारले उत्साही हुने खालको वातावरण निर्माण गर्न मेला सफल हुनेने अपेक्षा लिएको बताउनुहँुदै प्रदेशमा हस्तकला विधेयक तयार भएको र ललितपुर हस्तकलाको राजधानी बन्ने सम्भावना रहदै गर्दा लाभ हासिल गर्ने अवस्था र्सिजना हुने दाबी गर्नुभयो । त्यसैगरि कार्यक्रममाझ नेपालका लागि बंगलादेशका राजदुत सलाउद्धिन नोमन चौधरीले यस मेलाले ललितपुरको र नेपालको लागि मात्रै नभई सहभागी देशका साना तथा मझौला उद्योगलाई सहयोग पुग्ने बताउनु भयो । उक्त समुद्घाटन समारोह माझ कुमारी नृत्यसमेत प्रस्तुत गरिएको थियो भने प्रमुख अतिथि लगायतका अतिथिहरुले मेलाको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा ब्राजिल, श्रीलंका, थाईल्याण्ड, मलेसिया लगायत देशका राजदूत एवं प्रतिनिधिसहित सरकारी निकायका अधिकारी, नेपाल चेम्बर अफ कमर्श लगायत अन्य व्यापारिक संगठनका प्रतिनिधि लगायतको उल्लेख्य सहभागीता रहेको थियो । ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो–२०२४ को बिशेषता पहिलोपटक ललितपुरमा आयोजनामा आएको ललितपुर इन्टरनेसनल ट्रेड एक्स्पो २०२४मा विभिन्न राष्ट्रका प्रतिष्ठित व्यापारीहरूको सहभागिता रहेको छ । मेड इन नेपाल नारासहित जावलाखेल फुटबल मैदानमा २२ चैतदेखि २६ गतेसम्म आयोजना हुने यस एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहेको छ । इन्टरनेसनल ट्रेड एक्स्पोमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइल्यान्ड, टर्की, मलेसिया, चाइना लगायतका देशमा उत्पादित विविध सामग्री, मौलिक उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिएको छ । जसमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री रहेका छन । विभिन्न देशका फुड स्टल, साना केटाकेटीका लागि गेमिङ जोन, फोटो सुट, विविध सांस्कृतिक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर मेलाको थप आकर्षणका रुपमा रहेका छन ।

    Advertisement

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.