• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • बागलुङ/ ढोरपाटन सिकार आरक्ष क्षेत्रमा निर्माणाधीन नगर अस्पताल अलपत्र परेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरमा १९ महिना अगाडि निर्माण सुरु भएको नगर अस्पतालमा अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता नहुँदा अलपत्र परेको हो । निर्माण कम्पनीले ५० प्रतिशत काम सम्पन्न गरिसकेको छ । आधा काम गरिसक्दा पनि भुक्तानी नपाएपछि अहिले अस्पतालको काम ठप्प भएको हो । गत माघसम्म ठूलो सङ्ख्यामा कामदार लगाएर काम गरिरहेको निर्माण कम्पनीले अहिले काम छाडेको छ ।

    Advertisement

    ढोरपाटन क्षेत्रका नागरिकलाई लक्षित गरी निर्माण सुरु गरिएको १५ शय्याको नगर अस्पतालको काम रोकिएपछि सरकारले बजेट व्यवस्थापन गरेर अस्पताललाई पूर्णता दिनुपर्ने स्थानीयको माग छ । विसं २०८२ असार २३ सम्ममा सक्नेगरी सम्झौता गरिएको थियो ।

    काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप रु दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताउनुभयो । उहाँले भदौ महिनासम्म रु छ करोड ६१ लाखको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गर्नुभयो ।

    हालसम्म अस्पतालको आधाभन्दा बढी काम सकेको भन्दै रु साढे आठ करोड भुक्तानी हुन बाँकी रहेको अदैले बताउनुभयो । करोडौँ रकम भुक्तानी नहुँदा काम गर्न निकै गाह्रो भएको उहाँको भनाइ छ । अस्पातलको भवन निर्माणका लागि रु १७ करोड ५० लाखमा सम्झौता भए पनि सरकारले स्रोत सुनिश्चितता नगर्दा भुक्तानी पाउन नसकेको हो ।

    ढोरपाटनमा निर्माण सामग्री ढुवानी गर्न र कामदार लगाउन निकै खर्चिलो भएको तथा आफूले जसोतसो व्यवस्थापन गर्दै आए पनि अहिले निकै गाह्रो भएको उहाँको भनाइ छ ।

    “हामीहरूले इमान्दार भएर काम गर्र्यौँ, तर अहिले भुक्तानी पाएनौँ, भुक्तानी पाउन नसक्दा, काम छाड्न बाध्य भयौँ, सबै व्ययभार मिलाउन गाह्रो भएको छ, भदौसम्मको रु छ करोड बढी बिल पेस गरेको महिनौँ भयो, अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनौँ, त्यसपछि पनि माघसम्म पैसा आउने आशमा काम गरियो आएन र काम गर्न सकिएन”, अदैले भन्नुभयो, “अहिलेसम्म रु आठ करोडभन्दा बढी रकम पाउन छ, स्रोत सुनिश्चित नहुँदै ठेक्का लगाइएको रहेछ, यसमा हाम्रो के दोष रु, अहिले हामीहरू निकै समस्यामा परेका छौँ, काम गरेको करोडौँ रुकम नपाउँदा व्ययभारले तनाव बनाएको छ ।”

    उपत्यका क्षेत्रमा ढोरपाटनका वडा नं ६, ७, ८ र ९ का करिब पाँच हजार बढी स्थानीय यहाँ बसोबास गर्दै आएका छन् । हिउँदको समयमा त्यहाँका बासिन्दा अधिकारीचौर, बोबाङलगायतका ठाउँमा झर्ने र बर्खाको समयमा ढोरपाटन बस्ने गर्दछन् । अस्पताल निर्माणपछि ढोरपाटनसँगै निसेलढोर र पूर्वीरुकुमको तकसेरा, हुकाम मैकोट, म्याग्दीको जलजलाका नागरिकलाई उपचारमा सहज हुने अपेक्षा लिइएको छ ।

    ढोरपाटनमा अहिलेसम्म अस्पताल बन्न सकेको थिएन । नगरपालिकाले सहरी सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएर सेवा प्रवाह भइरहेको छ । बुर्तिबाङ बजारबाट ३२ किलोमिटरको दूरीमा रहेको ढोरपाटनमा बाहिरबाट आउने पर्यटकसमेत बिरामी हुँदा उपाचारमा समस्या हुने गरेको छ ।

    उच्च स्थानमा हुँदा पर्यटकलाई लेक लाग्ने समस्या बढी हुने गरेको पाइन्छ । निर्माणाधीन अस्पतालका लागि स्रोत सुनिश्चित नहुँदा अर्थ मन्त्रालयले भुक्तानी गर्न नसक्ने जनाएको बताइएको छ ।

    नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत विष्णुप्रसाद ज्ञवालीले निर्माण कम्पनीले माघ महिनासम्म तीव्रगतिमा काम गरेको जनाउँदै सङ्घीय सरकारले रकम नपठाउँमा भुक्तानी गर्न नसकिएको बताउनुभयो । सात महिना अगाडि नै निर्माण कम्पनीले नगरपालिकामा बिल पेस गरेको जनाउँदै केन्द्रमा पटक–पटक माग गर्दा पनि रकम नपठाएको उहाँको भनाइ छ । नगरपालिकाको स्रोत नहुँदा पालिकाबाट भुक्तानी गर्न सक्ने स्थिति नरहेको ज्ञवाली बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “ठूलो रकम निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ, स्वास्थ्य मन्त्रालयमा दुई पटकसम्म रकम पठाउनका लागि पत्र पठायौँ, तर अहिलेसम्म आएन, उहाँहरूले धेरै काम गर्नुभएको छ, भुक्तानी नगरपालिकाले पनि गर्न सक्दैन, नगरपालिकाको आम्दानी हुन्थ्यो भने जोखिम लिएर भुक्तानी दिन सकिन्थ्यो, हाम्रो केही स्रोत छैन, अब माथिबाट नआएसम्म अरु विकल्प छैन, सङ्घीय कार्यक्रम भएको हुँदा अप्ठ्यारो भयो, यसले निर्माण कम्पनी निकै मर्कामा परेको छ ।”
    रासस

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.