शारदानगर/जेसीजले आइतबार साईबर सुरक्षा सम्बन्धी तालिम सम्पन्न गरेको छ । २५ वर्ष पुरा गरेको पावन अवसरमा शारदानगर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज साईबर सुरक्षा तालिम सम्पन्न गरेको हो । शहीदस्मारक कलेज बखानपुर, शारदानगरमा , जेसीज वर्ष २०२४ का शाखा अध्यक्ष जेसी भुवन सापकोटाको सभाध्यक्षमा सम्पन्न सो कार्यक्रममा जिल्ला प्रहरी कार्यलय चितवनका प्रतिनिधि सुरज रिमालको प्रमुख आतिथ्यता रहेको थियो। उहाँले साइबर सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो।
त्यस्तै कलेजका प्रिन्सिपल वसन्तकुमार पौडेल र सहायक प्रिन्सिपल राजु भाटको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीज आस्थापाठ संस्थाका उपाध्यक्ष जेसी सोनु पराजुलीले वाचन गर्नुको थियो भने स्वागत मन्तव्य संस्थाका कार्यकारणी उपाध्यक्ष एवम् सप्ताहव्यापी , रजतजयन्ती कार्यक्रमका मूल संयोजक जेसी रमेश घिमिरेले व्यक्त गर्नुभएको थियो ।
कलेजका प्राध्यापक तथा विद्यार्थीहरुको उपस्थितीमा सम्पन्न भएको सो कार्यक्रमलाई जेसी अर्जुन बगालेले सहजीकरण गर्नुभएको थियो । शारदानगर जेसीजले सन् १९९९ मा स्थापना भएर यस क्षेत्रका हरेक सामाजीक तथा युवाहरुको लागी विशेष कार्यक्रम गर्दै आईरहको कार्यक्रम संयोजक जेसी सोनु पराजुलीले जानकारी दिनुभयो। साथै सोमबार मैयादेवी कन्या कलेजमा महिला शशक्तिकरण तालिम गर्न लागिएको र सम्पूर्ण तयारी पुरा भएको उहाँले जानकरी दिनुभयो।




