• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
आइतबार, कार्तिक ०२, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

लोकप्रिय समाचार

  • १. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • २. चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

  • ३. उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • ४. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ५. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ६. ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

  • ७. ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

  • ८. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ९. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

  • १०. ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित

"सहमति संस्थाले गरायो सरोकारवालाको ध्यानाकर्षण "

  •   शनिबार, चैत १७, २०८० मा प्रकाशित
  • भरतपुर/नदीजन्य पदार्थ संकलनका कारण संरक्षण कार्य प्रभावित बनेपछि सहमति संस्थाले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । शुक्रबार जिल्ला समन्वय समिति चितवनमा भएको अन्तरक्रिया कार्यक्रममा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको गैँडाकोट स्थित सहमति संस्थाले सरोकारवाला निकायहरुलाई नीति निर्माण गर्दा ध्यान दिन सजग गराएको हो । कार्यक्रममा सरोकारवालाहरुले छलफल समेत गरेका छन् ।
    जिल्ला समन्वय समितिको आयोजनामा डब्लु डब्लु एफ, डेनमार्क सरकार तथा सहमतिको सहकार्यमा भएको दिगो रुपमा नदीजन्य वस्तुहरुको संरक्षण र उत्खनन् अभ्यास सम्बन्धी उक्त अन्तरक्रिया कार्यक्रममा विशेषगरी अनुगमन तथा उत्खनन्को अनुमति प्रदान गर्ने निकायहरुबीच अन्तरक्रिया गरिएको हो ।
    कार्यक्रमको उद्देश्यमाथी प्रकाश एवं स्वागत गर्दै सहमतिको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले नदीजन्य पदार्थकै कारण संरक्षणका कार्य प्रभावित बनेको बताउँदै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।
    जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीले सहमतिले संरक्षणका कार्यक्रम गरेकोमा सो योगदानको कदर गर्दै उत्खनन् गर्नेदेखी नियमनकारी निकाय एवं आम नागरिक सबै सचेत बन्दै खबरदारी गर्नुपर्ने बताउनुभयो । अधिकारीले स्थानिय तह, स्थानिय प्रशासन र सरेकारवालाहरुको सक्रियता बिना नदिजन्य वस्तुको अबैध उत्खनन् रोक्न कठिन हुने बताउनुभयो ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नदीजन्य वस्तुहरुको उत्खनन् गर्दा सावधानी नअपनाए यसले ठूलो क्षति गर्ने बताउँदै सबैजना जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । थापाले वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु अघि नै निरिक्षण गरेर प्रतिवेदन वनाउन आवश्यक रहेको बताउनुभयो । नदीजन्य वस्तुको जथाभावि उत्खनन् रोक्न सके पालिकाको राजस्व समेत वृद्धि हुने बताउँदै स्थानीय तहले बढी तदारुकता देखाउनुपर्ने बताउनुभयो ।
    राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाई भरतपुर चितवनका प्रमुख श्याम लोप्चनले चुरे क्षेत्रमा नदीजन्य पदार्थहरुको संकलन, असर, कारण, प्रभाव र नीतिहरुबारे प्रस्तुती राख्दै नदीजन्य पदार्थ संकलनका समस्याहरुले राजस्व चुहावट, भू–क्षय तथा नदी कटान, तल्लो तटीय क्षेत्रमा बढी पहिरोको जोखिम बढेको बताउनुभयो । त्यस्तै नदीको फैलावटमा वृद्धि भइ मानव वस्ती र खेतीयोग्य जमिनमा क्षति, भौतिक संरक्षनाहरुमा समेत क्षति, जल पारिस्थिकिय प्रणालीमा आधारित जैविक विविधतामा नकरात्मक असर परेको बताउनुभयो । एउटै नदीलाई तीन चार भागमा वर्गिकरण गरेर सहमती माग्ने प्रचलनले समेत उत्खनन् रोक्न नसकीएको बताउनुभयो ।
    डिभिजन वन कार्यालय चितवनका वन अधिकृत दिनेश हुमागाईंले वनसँग सम्बन्धित कानुनी पाटो तथा नदीजन्य वस्तुहरुको दिगो उत्खनन् तथा रोकथाम सम्बन्धी कानुनी व्यवस्थाबारे अवगत गराउनुभएको थियो । कालिका नगरपालिकाका अधिकृत प्रकाशचन्द्र पौडेलले गाउँ स्तरमा जनचेतना जगाईएको भएपनि व्यवसायीको त्रासका कारण काम प्रभावकारी हुन नसकेको बताउनुभयो ।  कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटा, जिल्ला समन्वय अधिकारी हरिप्रसाद शर्मा, चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
    सहमतिले डब्लुडब्लुएफ नेपालसँगको सहकार्यमा नवलपुरको गुन्द्रही र चितवनको खगेरी जलाधार क्षेत्रमा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

    Advertisement

    शनिबार, चैत १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
    इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण
    ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा
    राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता
    ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै
    ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • २.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष

    • ३.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम

    • ४.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ५.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग

    भर्खरै

    • १.
      उज्यालो टाईम्सद्वारा विजया दशमीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

    • २.
      इच्छाकामना–७ को सुन्दरबस्तीमा भूमिहीन दलित तथा सुकुम्बासीलाई लालपुर्जा वितरण

    • ३.
      ‘चितवन आन्ट्रप्रेनरसिप समिट २०२७’ को घोषणा

    • ४.
      राहतभन्दा बढी सुरक्षित वातावरण, पौष्टिक खाना र मनोसामाजिक साथको आवश्यकता

    • ५.
      ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ मंसिर २५ देखि २७ सम्म हुँदै

    • ६.
      ‘विल्ड नेपाल एक्स्पो–२०२६’ का लागि चितवन उद्योग संघ र इभेन्ट कम्पनीहरूबीच सम्झौता

    • ७.
      चितवनमा फिटनेस संस्कृति, अत्याधुनिक सेवा र विशेष छुट योजना

    • ८.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.