भरतपुर/वागमती प्रदेश उद्योग परिसंघको आयोजना र चितवन उद्योग संघको सह–आयोजनामा प्लाष्टिक इन्जेक्सन मोडलिङ मेशिन अप्रेटर सम्वन्धि कामदारहरुको लागि थप सिप तालिमको शुभारम्भ गरिएको छ ।
चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न तालिम शुभारम्भ कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष एवम् बामगती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने न्यौपानेले स्वागत मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघका उपाध्यक्ष एवम् कार्यक्रमका प्रशिक्षक स्वागतराज प्याकुरेलले तालिमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
तालिम चैत्र १३ गतेदेखि १६ दिन सम्म चल्ने छ । तालिम शुभारम्भ कार्यक्रमलाई चितवन उद्योग संघका निवर्तमान अध्यक्ष एवम् बागमती प्रदेश उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तब्य सहित प्रशिक्षकलाई फ्लोर हस्तान्तरण गर्नु भएको थियो ।
Advertisement




