भरतपुर महानगरपालिका वडा नं ९ मा रहेको स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुल शिक्षक फुटसल टिमको आयोजनामा सेन्ट्रल कलेज संस्थागत विद्यालय शिक्षक फुटसल टुर्नामेन्ट २०८० यही मिति २०८० चैत्र १० गते सफलतापूर्वक सम्पन्न भएको छ । भरतपुर महानगरमा सञ्चालित संस्थागत विद्यालयमा शिक्षण गर्नुहुने शिक्षक कर्मचारीहरुका बिचमा आयोजित यो फुटसल कार्यक्रमको अध्यक्षता स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलका प्राचार्य श्री कृष्णप्रसाद भट्टज्यूले गर्नुभएको थियो भने प्रमुख अतिथिमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की रहनुभएको थियो । साथै अन्य अतिथिहरुमा स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलका अध्यक्ष एवम् प्रबन्ध निर्देशक श्री जे.बी. गुरुङज्यू, सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ् प्रा. ली. का प्रिन्सिपल श्री यज्ञ विलास पौडेलज्यू, संस्थागत विद्यालय शिक्षक युनियन, केन्द्रीय समितिका महासचिब एवम् चितवन जिल्ला अध्यक्ष श्री जनकराज घिमिरेज्यू, स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुल भरतपुरका शिक्षक अभिभावक संघका अध्यक्ष श्री वासुदेव पौडेलज्यू, भरतपुर महानगर, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष, श्री विष्णुप्रसाद पोखरेलज्यू, पूर्व फिफा रेफ्री श्री विरेन्द्रबहादुर पाण्डेज्यू, चितवन जिल्ला भेट्रान क्लबका अध्यक्ष रबिन्द्र श्रेष्ठज्यू, कोभिड फुटबल क्लबका अध्यक्ष बिक्रम गुरुङज्यू, नारायणी पब्लिक इङ्लिस स्कुलका प्रिन्सिपल श्री वेदराज न्यौपानेज्यू, स्टेप बाइ स्टेपका भाइस प्रिन्सिपल श्री युवराज गुरुङज्यु, ग्रीनल्याण्ड पब्लिक स्कुलका भाइस प्रिन्सिपल श्री उपेन्द्र आचार्यज्यू, बालकुमारी इङ्लिस स्कुलका भाइस प्रिन्सिपल श्री ऋषि घिमिरेज्यू, साथै वैदिक आर्यूवेद नारायणगढका प्रमूख चक्र न्यौपानेज्यू, साथै ड्रेस सप नारायणढका प्रतिनिधि, एलाइड पब्लिकेसन प्रा.लि.का बजार प्रतिनिधि, संगम पब्लिकेसन प्रा.लि.का बजार प्रतिनिधि, ग्रिन पब्लिकेसन प्रा.लि.का बजार प्रतिनिधि, नमस्ते एण्ड गोरखाली शुज हाउस, नारायणगढका प्रोपाइटर सुमन रम्तेलज्यूको सहभागितामा कार्यक्रम सञ्चालन भएको थियो भने कार्यक्रमको सञ्चालन स्टेप बाइ स्टेप इङ्लिस सेकेन्डरी स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख श्री कृष्णप्रसाद पोखरेलले गर्नुभएको थियो ।
कार्यक्रममा आफ्ना विचारहरु राख्दै संस्थागत विद्यालय शिक्षक युनियन, केन्द्रीय समितिका महासचिब एवम् चितवन जिल्ला अध्यक्ष श्री जनकराज घिमिरेज्यूले विद्यालयको कार्यक्रमको सराहना गर्दै यस किसिमले संस्थागत विद्यालयका शिक्षकहरुलाई समेटेर फुटसल आयोजना भएकाले आफू उत्साहित रहेको बताउनुभयो भने सेन्ट्रल कलेज एण्ड भोकेसनल ट्रेनिङ् प्रा. ली. का प्रिन्सिपल श्री यज्ञ विलास पौडेलज्यूले विद्यालयले उदाहरणीय कार्य गरेकोमा आफू धेरै खुसी भएको बताउँदै यस्ता कार्यक्रमले शिक्षकहरुमा सकारात्मक ऊर्जा मिल्ने भएकाले शिक्षक फुटसल टिमको अवधारणालाई खुलेर प्रशंसा गर्नुभएको थियो साथै यस्ता कार्यक्रममा आफ्नो कलेज सदैव सहभागी रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आफ्ना धारणा राख्दै विद्यालयका प्राचार्य श्री कृष्णप्रसाद भट्टज्यूले आफूले विद्यालयमा शिक्षकहरुलाई यस किसिमका सकारात्मक सन्देश प्रवाह गर्ने कार्यक्रम आयोजना गर्न उत्साह प्रदान गरेको र यसैको प्रतिफल स्वरुप आजको कार्यक्रम आयोजना भएको जानकारी गराउनुभयो । खेलकुद कार्यक्रम आफैँमा उत्साहजनक भएको र यस किसिमको कार्यले सम्पूर्ण शिक्षकहरुलाई सकारात्मक ऊर्जा प्रदान गर्ने कुरामा विश्वस्त रहँदै आगामी दिनमा अझ व्यापक बनाएर लैजाने प्रतिवद्धता जाहेर गर्नुभयो ।
यस कार्यक्रममा भरतपुर महानगरपािलका भित्रका १० वटा विद्यालयहरु स्टेप बाइ स्टेप इङ्लिस स्कुल, पिसजोन इङ्लिस स्कुल, बालकुमारी इङ्लिस स्कुल, सनराइज इङ्लिस स्कुल, वाल्मिकी शिक्षा सदन, ओम शान्ति एकेडेमी, ग्रिनल्याण्ड पब्लिक स्कुल, नारायणी पब्लिक इङ्लिस स्कुल, पारिजात इङ्लिस स्कुल, एपेक्स एकेडेमी क्षेत्रपुरको सहभगिता रहेको थियो भने प्रथम स्थान हासिल गर्न सफल स्टेप बाइ स्टेप इङ्लिस स्कुल रह्यो भने द्वितीय स्थान हासिल गर्न ग्रिनल्याण्ड पब्लिक स्कुल सफल रहेको थियो । प्रतियोगितामा प्रथम पुरस्कार रु ३०,०००।– (अक्षरुपी तीस हजार रुपैयाँ), ट्रफी तथा मेडल प्रदान गरिएको थियो भने द्वितीय पुरस्कार रु २०,०००।– (अक्षरुपी बीस हजार रुपैयाँ), ट्रफी तथा मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा बेष्ट गोल किपरको उपाधि स्टेप बाइ स्टेपका गोल किपर नवीन खरेलले प्राप्त गर्नुभएको थियो भने, खेलभरमा १२ गोल गरी सर्वाधिक गोलको उपाधि ग्रिनल्याण्ड पब्लिक स्कुलका जर्सी नं. १४ का खेलाडी श्रीकृष्ण कार्कीले प्राप्त गर्नुभएको थियो भने बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि स्टेप बाइ स्टेपको जसी नं. १४ कै खेलाडी गोपाल गुरुङले प्राप्त गर्नुभएको थियो ।




