भरतपुर/भरतपुर–९स्थित काँडाघारी टोल सुधार समितिको सोमबार सम्पन्न २०औँ साधारण सभा तथा ११औँ अधिवेशनले बालकृष्ण पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
समितिका अध्यक्ष फणिन्द्रराज भट्टराईको अध्यक्षता एवम् भरतपुर महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष यमलाल कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कृष्णप्रसाद शर्मा पौडेल, सचिवमा मुकुन्द अधिकारी, कोषाध्यक्षमा विष्णु पौडेल र सहसचिवमा कविता भण्डारीलाई चयन गरेको छ ।
त्यसैगरी सदस्यहरुमा तेजप्रसाद देवकोटा, राधिका नराल, भरत लुइँटेल, विश्व भण्डारी र बसन्तकुमार मगर चयन भएका छन् । कमल बस्नेतको संयोजकत्वमा टेकनाथ सुवेदी र रमा सुवेदी रहेको लेखा समितिसमेत चयन गरिएको छ ।
सो अवसरमा टोलभित्र रहेको ७५ वर्षमाथिका २१ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । टोलसमितिको तर्फबाट प्रमुख अतिथि वडा अध्यक्ष कँडेलले दोसल्ला र कदरपत्रले सम्मान गरेका हुन् । टोलले ज्येष्ठ नागरिक दिवासेवा केन्द्रसमेत सञ्चालन गर्दै आएको छ ।
सचिव सुभद्रा अधिकारी र कोषाध्यक्ष कृष्णप्रसाद शर्मा पौडेलले प्रस्तुत गरेको सांगठानिक तथा आर्थिक प्रतिवेदन अधिवेशनको बन्दसत्रमा पारित भएको छ ।
विष्णु पौडेलले सञ्चालन गरेको कार्यक्रममा भरतपुर–९का वडा सदस्यहरु सूर्य खनाल, पूर्णबहादुर गुरूङ, संस्थापक अध्यक्ष बालकृष्ण पौडेल, पूर्वअध्यक्ष गोविन्दप्रसाद पौडेललगायत छिमेकी टोल सुधार समितिका प्रतिनिधिहरुले शुभकामना व्यक्त गरेका थिए ।
काँडाघारी टोलमा बालकृष्णको नेतृत्व
काँडाघारी टोलमा बालकृष्णको नेतृत्व
Advertisement
तपाईको प्रतिक्रिया




