• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, असोज २८, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

लोकप्रिय समाचार

  • १. कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको जीवन?

  • २. कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई उद्घाटन गर्ने

  • ३. राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

  • ४. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ५. समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

  • ६. कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

  • ७. चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

  • ८. ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

  • ९. चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

  • १०. लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हायात रिजेन्सीद्वारा अन्तरक्रिया तथा सम्मान कार्यक्रम


  •   शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
  • काठमाडौं/प्रतिष्ठित होटल हायात रिजेन्सीले नेपालका अग्रणी एवं सफल महिला व्यक्तित्वहरुलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अघिल्लो दिन ७ मार्चमा होटल परिसरमा अग्रणी महिला व्यक्तित्वहरुको अनुभव साटासाट, प्यानल छलफल र अन्तरक्रियात्मक सत्रसहित सम्मान कार्यक्रम गरेको हो । सो अवसरमा सम्मानित हुनेमा १९ वर्षको उमेरमा एसियाली खेलकुदको इतिहासमा पहिलो नेपाली रजत पदक विजेता कराते खेलाडी अरिका गुरुङ, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एआईजीपी डा। आशा सिंह, नेपालकी प्रथम महिला सचिव वृन्दा हाडा ,नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती चटौत, अधिवक्ता तथा पूर्व निर्वाचन आयुक्त इला शर्मा र लायन्स क्लबकी प्रथम जिल्ला गभर्नर सुचित्रा थापा रहनुभएको छ। हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले उहाहरुँलाई कदरपत्र प्रदान गर्नुभएको थियो। कार्यक्रममा सम्मानित नारीहरुले महिलाले भोग्नुपरेका चुनौतीका बारेमा प्रकाश पार्नुहुदै महिला सशक्तीकरणको आवश्यकतामाथि जोड दिँनुभयो । त्यसो त सो अवसरमा उहाँहरुले आफ्ना अनुभव र धारणा राख्नुभएको थियो। कार्यक्रम माझ एआईजीपी डा। आशा सिंहले सामाजिक संस्कृतिले नेपाली महिलाहरूलाई अधिकारको प्रयोग गर्न बाधा पुऱ्‍याएको बताउनुभयो । त्यस्तै, नेपाल सरकारकी पूर्व सचिव वृन्दा हाडाले महिलाहरूलाई सम्पत्तिको अधिकार दिनुपर्नेमा जोड दिनुभयो। अधिवक्ता तथा पूर्व निर्वाचन आयुक्त इला शर्माले लगनशीलताको महत्वमा जोड दिँदै महिलालाई अवरोधका बाबजुद पनि अगाडि बढ्न प्रोत्साहित गर्नुभयो। नेपाल टेलिभिजनकी नायब महाप्रबन्धक आरती आरती चटौतले सामाजिक र सांस्कृतिक बाधाले सामाजिक न्याय र आर्थिक अवसरमा महिलाको पहुँचलाई सीमित गरेको उल्लेख गर्नुभयो। एसियाली खेलकुदकी रजत पदक विजेता कराते खेलाडी इरिका गुरुङले कराँतेमा उत्कृष्ट प्रदर्शन गरेर सामाजिक मूल्य मान्यतालाई चुनौती दिएकोमा गौरव व्यक्त गर्दै जुनसुकै क्षेत्रमा पनि नारीहरू उत्तिकै सक्षम रहेको बताउनुभयो । लायन्स क्लबकी प्रथम डिष्टिक गभर्नर सुचित्रा थापाले महिलालाई समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बरिष्ठ पत्रकारद्धय सरोज ओझा र नवराज चालिसे साथै हायात रिजेन्सीको रुम निर्देशक पूजा घोष, सेल्स तथा मार्केटिङ डाइरेक्टर अमित वालियाको उपस्थिति रहेको थियो भने लर्निङ एवं डेभलपमेन्ट म्यानेजर विलास खत्रीले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रममा सामाजिक भेदभाव विरुद्ध आवाज उठाउने र महिला सशक्तिकरणको आवश्यकतामा जोड दिने प्रभावशाली महिला व्यक्तित्वहरूको नेतृत्वमा सौहार्दपूर्ण छलफल गरिएको थियो। महाप्रबन्धक आशिष कुमारले नेपालका सशक्त नारीहरुको अन्तरदृष्टिको प्रशंसा गर्दै उहाँहरुका विचारले सहभागीहरूलाई जीवनका सबै क्षेत्रमा उपलब्धी हासलि गर्न प्रेरित गर्ने बताउनुभयो। समारोह महिलाहरूको लागि सकारात्मक र सशक्तिकरण वातावरण सिर्जना गर्न समर्पित रहेको उहाँले बताउनुभयो। त्यसैगरि होटलले सिर्जना गरेको न्यानो र आमन्त्रित वातावरण, सेवा र उल्लेखनीय आतिथ्यताले कार्यक्रमलाई अविस्मरणीय बनाएको सहभागीहरुले बताउनुभयो। हायात स्टाफको असाधारण व्यावसायिकता र उल्लेखनीय प्रयासले कार्यक्रमको सफलतामा योगदान पुर्‍याएको समेत उहाँहरुले स्पष्ट पार्नुभयो । कार्यक्रमको उद्देश्य जीवनका सबै क्षेत्रका महिलाहरूको उल्लेखनीय योगदान र लचिलोपनलाई सम्मान गर्ने रहेको हायातका लर्निङ एवं डेभलपमेन्ट म्यानेजर विलास खत्रीले जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय महिला दिवसमा हायात रिजेन्सीद्धारा आयोजित समारोह नेपालमा लैङ्गिक समानता र महिला सशक्तिकरणको प्रवर्द्धन गर्ने महत्वपूर्ण र प्रभावकारी कार्यक्रम हुनुमा होटल परिवार विश्वस्त रहेको खत्रीले बताउनुभयो।

    Advertisement

    शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन
    संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड
    राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न
    लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण
    चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक
    कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      कर्णालीको तुइन : कहिलेसम्म डोरीमा झुन्डिने जनताको

    • २.
      कानूनमन्त्री सोविता गौतमले चितवन उद्योग संघको साधारणसभालाई

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान

    • ४.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ५.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    भर्खरै

    • १.
      समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन

    • २.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

    • ३.
      राष्ट्रिय संगीतकर्मी संघले दसैं विशेष शुभकामना आदानप्रदान तथा स्रष्टा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    • ४.
      लायन्स डिष्ट्रिक्ट ३२५ आरद्वारा गैँडाकोटका बाढीप्रभावितलाई राहत वितरण

    • ५.
      चितवनको बजारमा यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक

    • ६.
      कानूनमन्त्री सोविता गौतमले साधारणसभाको उद्घाटन गर्ने

    • ७.
      ‘मोबाइल चौतारी’ नामक मोबाइल पसल सञ्चालनमा

    • ८.
      चाडपर्वलक्षित बजार व्यवस्थापनका लागि टास्क फोर्सको बैठक सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.