भरतपुर/चितवन मिडटाउन रिसोर्ट प्रा.लि., भरतपुरका कर्मचारीहरुले भिजिट भरतपुर, सफा भरतपुर भन्ने नाराका साथ ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिसोर्ट रहेको टोलको सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।
कर्मचारीहरुले आफ्नो केही समय निकालेर टोल वरिपरि सरसफाईमा लाग्दा आफूहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत काम गरेकोमा खुशी व्यक्त गरेका छन् ।
सरसफाई कार्यक्रममा दुई दर्जन भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
Advertisement





