भौगोलिक हिसाबले पहाडदेखि तराईसम्मको विशेषता बोकेको चितवन जिल्ला बसोबाससँगै धार्मिक, सांस्कृतिक, आर्थिक, राजनैतिक आदि दृष्टिकोणबाट पनि उत्तिकै विविधता भएको जिल्ला हो । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा र थकालीदेखि तराईमा बस्ने थारू हुँदै विभिन्न ४० आदिवासी जनजाति समुदायको बसोबास भएको साझा फूलबारी हो, चितवन । तर, आदिवासी जनजाति महासंघमा भने जम्मा १८ जाति मात्रै संगठित भएका छन् । बाँकीलाई पनि संगठित गराउने अभियानमा हामी जुटिरहेका छौं । यही सिलसिलामा चितवनका आदिवासी जनजाति समुदायको भाषा, भेषभूषा, कला तथा संस्कृतिक संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यका साथ २०५५ सालमा चितवनका आदिवासी जनजाति समुदायलाई संगठिन बनाउँदै श्री ओम गौचनज्युको अध्यक्षतामा ‘नेपाल आदिवासी जनजाति संघ, जिल्ला समन्वय परिषद् स्थापना भएको थियो । विभिन्न कालखण्ड पार गर्दै हाल महासंघको रूपमा आदिवासी जनजाति समुदायलाई एक ठाउँमा उभ्याउँदै संस्कृतिमा विविधतासँगै भाषा, धर्म र भेषभूषा संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कुरा पत्रकार महानुभावहरूलाई सर्वविदितै छ ।
चितवनको कूल जनसंख्याको ४६ प्रतिशत जनसंख्या रहेको यस जिल्लामा आदिवासी जनजातिहरु जस्तैः थारू, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरुङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बरामलगायतका जनजाति छन् । यस संस्थाले जातीय सद्भाव कायम राख्दै आफ्नो हक अधिकारका विषय एवं विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । यस संस्थाले भरतपुर महानगरपालिका वडा नं. ११, नौरङ्गेमा २५ धुर जग्गा खरिद गरी आफ्नै भवन निर्माण गरेको छ । अझै पनि भवन पूर्णरुपमा सम्पन्न हुन सकेको छैन । तसर्थ आदिवासी जनजातिहरुको संस्कार, संस्कृति संरक्षण गर्दै चितवन जिल्लालाई आर्थिक एवं पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ यही मिति २०८० चैत्र ९ देखि १८ गतेसम्म ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव-२०८०’ सञ्चालन गर्न लागिएको जानकारी गराउँद छौं । चितवन र आसपासका क्षेत्रभित्रका सांस्कृतिक विविधताको संरक्षण गरी समग्र जिल्लाकै आर्थिक, सामाजिक, पर्यटन, कृषि, घरेलु उद्योग, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नको लागि पनि महोत्सवले मूख्य भूमिका खेल्नेमा हामी विश्वस्त छौं । साथै सांस्कृतिक जागरणसँगै विभिन्न जातजाति, वर्ग र समुदायबीच सद्भाव एवं भातृत्व अभिवृद्धिको लागि पनि ठूलो योगदान दिने विश्वास लिएका छौं ।
आदिवासी जनजाति सांस्कृतिक तथा व्यावारिक महोत्सवको माध्यमबाट चितवनमा बसोबास गर्दै आएका आदिवासी जनजाति समुदायको जातिगत गतिविधिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नको लागि पनि महोत्सव आयोजना गर्नुपर्ने टड्कारो आवश्यकता थियो । महोत्सवलाई भव्यरूपमा सम्पन्न गर्नको लागि विभिन्न खालका चुनौतिहरू छन् । समय कम रहेको हुँदा हामीलाई छोटो समयमै सबै तयारी सकाइसक्नुपर्ने दबाब पनि छ । तैपति त्यस्ता चुनौतिलाई जिल्लामा बसोबास गर्दै आएका सबै जातजाति र समुदायको साथ र सहयोग नै हाम्रो लागि सबैभन्दा ठूलो सहास र आँट हो भन्ने हामीले बुझेका छौं । त्यसकारण आज महोत्सव आयोजना गर्ने संघारमा आइपुगेका छौं । महोत्सव सञ्चालन गर्नको लागि नौरङ्गस्थित आफ्नै भवनमा सचिवालयसमेत स्थापना गरेर आन्तरिक तयारीको काम धमाधम भइरहेको छ । महोत्सवको मुख्य प्रायोजक, प्रायोजक खोज्ने काम पनि भइरहेकै छ । करिब २ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सवमा आदिवासी जनजाति समुदायको परिसर, जातीय एवम् सांस्कृतिक भेषभूषासहित करिब ३०० वटा व्यावसायिक स्टल रहने छ ।
महोत्सवमा करिब ८० लाख स्पैयाँ खर्च र करिब एक करोड स्पैयाँ आम्दानी हुने लक्ष्य लिइएको छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले जिल्लामै पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवको संरक्षक भरतपुर महानगरपालिका रहेको छ ।

महोत्सवको उद्देश्य :
– आदिवासी जनजातिको संस्कृति संरक्षण गर्ने,
– भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा यस महोत्सवले मह¤वपूर्ण भूमिका खेल्नेछ ।
प्रदर्शनीमार्फत सरकारको ध्यान केन्द्रित गराइ यस क्षेत्रलाई औद्योगिक, व्यापारिक, कृषि तथा पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने,
– स्थानीय स्तरबाट उत्पादित वस्तुहरुको बजार प्रवर्द्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, – घरेलु उद्योगको प्रवर्द्धनमा टेवा पु-याउने,
– घरेलु उद्योग र कृषिलाई व्यावसायिक, आधुनिकीकरणतर्फ उन्मुख गराउने,
– निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवर्द्धनमा सहयोग पुयाउने,
– चितवन जिल्ला तथा आसपासका अन्य पर्यटकीय स्थलहरूको विकास र विस्तारमा टेवा पुयाउने,
– स्थानीय बजारको विकास विस्तार एवं विशिष्टिकरणतर्फ उन्मुख गराउने,
Advertisement




