गोरखा, वि.सं.१९९९ जेठ ०४ गते जन्मनु भई वि.सं.२०८० पौष २६ गते ८१ वर्षको उमेरमा स्वर्गारोहण हुनुभएका सबैका उत्प्रेरणाका स्रोत, कुशल अभिभावक एवम् समाजसेवी हेम बहादुर गुरुङप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरियो ।
स्व.गुरुङ समाजकै अग्रणी अभिभावक, सबैका प्रेरणाका स्रोत तथा समाजको लागि एक उदारहणीय पात्र भएको उहाँका आफन्तजन, इन्टमित्र, छरछिमेकहरु बताउँछन् । श्रद्धाञ्जली कार्यक्रममा शोक मन्तव्य राख्ने वक्ताहरुले गुरुङले आफ्नो समयमा गरेका उदाहरणीय कामहरुको प्रशंसा समेत गरेका थिए ।
स्व.गुरुङप्रति उच्च सम्मान गर्दै तमू हयूल छोज धि चितवन, चितवन फिजिकल फिटनेश सेन्टर प्रा.लि.(चितवन जिम हाउस), उज्यालो टाईम्स मिडिया, परिवेश टोल विकास संस्था, चितवन हाटबजार व्यवस्थापन समिति लगागतका संस्थाहरुले संयुक्त रुपमा समवेदना प्रकट गरेका थिए । समवेदना प्रकट गर्न विभिन्न आधा दर्जन भन्दा बढी संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्व.गुरुङका एक श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।






