चोर बाटो हुँदै अमेरिका छिरेका आठ नेपालीलाई त्यहाँको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टले फर्काइदिएको छ । अवैध ढङ्गले अमेरिका पुगेका उनीहरुलाई चार्टर्ड विमानमार्फत नेपाल फर्काइएको हो । उनीहरु बिहीबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको जनाइएको छ । तस्करहरुलाई मोटो रकम बुझाएर नेपालीहरु चोर बाटो हुँदै अमेरिका जाने गरेका छन् ।
Advertisement
यसरी जाँदा फेला परे डिपोर्ट हुने उच्च सम्भावना हुनुका साथै ज्यानको समेत जोखिम हुने भएपनि मानव तस्करको लहलहै चोर बाटो हुँदै अमेरिका जाने जाने क्रम रोकिएको छैन । डिपोर्ट भएकाहरुले के कति रकम बुझाएर त्यसतर्फ गए भन्ने बारे भने खुलिसकेको छैन ।




