भरतपुर/भरतपुर महानगरपालिका वडा नं. १० स्थित स्याउलीबजारमा सञ्चालित स्पाइसी टच रेष्टुरेण्टको सफलता पछि सोही समूहले जय पर्वत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा दुग्ध डेरीको शुभारम्भ गरेको छ ।
दुग्ध डेरीको एक विशेष कार्यक्रमका बीच टोल सुधार समिति स्याउली बजारका सल्लाहकार, उज्यालो टाईम्सका प्रबन्ध निर्देशक एवम् समाजसेवी राकेशमान श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष एवम् साप्ताहिक सञ्जाल चितवनका पूर्व अध्यक्ष राजु भट्ट, उज्यालो टाईम्सका निर्देशक एवम् नविन अटो सेन्टरका प्रबन्ध निर्देशक कपिल सागर कर्माचार्य लगायतको उपस्थिति रहेको थियो ।
भरतपुरको हाकिमचोक क्षेत्रमा हुने बैठक, छलफल र बर्थडे लगायतका कार्यक्रमहरुमा स्पाइसी टच रेष्टुरेण्टले ग्राहकहरुको मन जित्न सफल भएको र सोही स्थानमा आउने ग्राहक र स्थानीय बजारको मागलाई परिपूर्ति गर्ने उद्देश्यका साथ उक्त पसल सञ्चालनमा ल्याइएको सञ्चालक सरोज खरेलले जानकारी दिनुभयो ।
जय पर्वत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट उत्पादित दुध, दही, ध्यू, पनिर लगायत तरकारी फलफुल सहितको बिक्री वितरणलाई अगाडि बढाएको सञ्चालक खगेन्द्र शर्माले जानकारी दिनुभयो ।







