प्रहरी प्रधान कार्यालय नक्सालले ७८ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक बसन्त कुँवरले एसपीहरुको सरुवारकाज गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख एवम् प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई लागुऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा काठमाडौँमा सरुवा गरिएको छ । चितवन प्रहरी प्रमुखमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखामा कार्यरत भावेष रिमाललाई पठाइएको छ। रिमाल यसअघि ईलाका प्रहरी कार्यालय रत्ननगरमा डिएसपीको रूपमा समेत काम गरि सकेका थिए ।
Advertisement




