• समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • खेलकुद
  • औधोगिक
  • फिल्मी
  • रोचक
  • समाज
  • शिक्षा
  • स्वास्थ्य
  • सुचना प्रविधि
  • भिडियो
×
बुधबार, भदौ १०, २०८३
    • समाचार
    • राजनीति
    • अन्तर्वार्ता
    • खेलकुद
    • औधोगिक
    • फिल्मी
    • रोचक
    • समाज
    • शिक्षा
    • स्वास्थ्य
    • सुचना प्रविधि
    • भिडियो

भर्खरै

भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

भदौ १२ देखि ‘पार्वती’ आउँदै

महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

लोकप्रिय समाचार

  • १. मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

  • २. बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग जोडियो भरतपुर चितवन

  • ३. कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो एक्सरे सेवा थपिने, रोटरी क्लब र नगरपालिकाबीच सम्झौता

  • ४. Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

  • ५. ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

  • ६. हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको नयाँ ढोका खोल्छ

  • ७. डिजिटल नेपालको दिगो मार्ग: सरकार सहजकर्ता र उत्प्रेरक बनोस्, सफ्टवेयर डेभलपर होइन

  • ८. महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

  • ९. धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

  • १०. चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

उद्योग वाणिज्य संघ-चितवनको ६४ औं स्थापना दिवस

"करदाता सहायकता कक्षको उद्घाटन देखी  विभिन्न व्यवसायिक फर्ममा छुटको व्यवस्था "

  •   बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
  • भरतपुर/उद्योग वाणिज्य संघ-चितवनले आज विविध कार्यक्रमको आयोजना गरि ६४ औं स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा औपचारिक कार्यक्रम सहित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम देखी करतदाता सहायताकक्षको उद्घाटन, दिपप्रज्ववलन लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरु सँग छुटको सम्झौता गरि मनाएको छ ।
    स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले २०१६ सालमा स्थापित उद्योग वाणिज्य संघ चितवनलाई आजको अवस्थामा ल्याइपुर्‍याउनको लागि अग्रजहरुले खेल्नुभएको भूमिकाको प्रशंसा गर्दै संघ अग्रजहरुको मार्गनिर्देशन र सरसल्लाह बमोजिम अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले यस क्षेत्रको कृषि, शिक्षा , स्वास्थ्य र पर्यटनको विकासका साथै संघमा आवद्ध सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखेर कार्य गर्ने बताउनुभयो । शुभकामना मन्तब्य व्यक्त गर्दै अध्यक्ष श्रेष्ठले स्थापना दिवसको अवसरमा संघमा आवद्ध सम्पूणर् सदस्यहरुको व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
    कार्यक्रममा प्रमुख अतिथि संघका पूर्व अध्यक्ष एवम् सम्पती संरक्षण कोषका अध्यक्ष के.एल. भुषणले विगतका दिनहरुलाई स्मरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघको स्थापना हुुुनुभन्दा पहिलानै परिकल्पना गरिएको यस संघले लामो यात्रा पार गर्न सफल भएको बताउनु भयो । उहा“ले व्यवसायीको हक, हितको संरक्षण, संबद्र्धन र प्रबद्र्धन गर्दै व्यवसायिक ऐक्यवद्धता जाहेर गर्ने उद्देश्यले स्थापित उद्योग वाणिज्य संघ चितवन आज यस क्षेत्रको सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकासको संवाहकको रुपमा स्थापित भएको बताउंदै अग्रज लगायत पूर्व कार्यसमिति र वर्तमान कार्यसमितिलाई हार्दिक आभार ब्यक्त गर्नुभयो । उहाँले हालै सम्पन्न ५७ औँ वार्षिक साधारण सभा एवम् अधिवेशन वाट नवनिर्वाचित अध्यक्ष एवम् कार्यसमितिलाई बदाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    Advertisement


    सोहि कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष प्रचण्डलाल प्रधानले उद्योग वाणिज्य संघ-चितवनको इतीहासको बारेमा जानकारी गराउदै संघले व्यवसायीहरुको हक, हितका साथै चितवन जिल्लालाई विकास गर्ने क्रममा भौतीक पुर्वधार निर्माण गर्ने कार्यमा समेत अग्रणी भुमिका खेलेको बाताउनु भयो ।
    सोही कार्यक्रममा होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्टले संघको स्थापना दिवसमा वोल्ने अवसर दिएकोमा संघलाई धन्यवाद दिदै उहा“ले व्यवसायीहरुको हक हितको लागि लागेकोमा संघ प्रति हार्दिक आभार व्यक्त गर्दै आन्तरिक राजश्व कार्यालयमा कर सायता कक्ष सञ्चालन गरी  व्यवसायीहरुलाई सेवा दिन सुरु गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
    स्थापना दिवसको कार्यक्रममा संघले ६४  वटा दिप प्रज्वलन गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा ७१ जना व्यवसायीहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका छन् । सोही कार्यक्रमको अवसरमा उद्योग वाणिज्य संघ-चितवनमा आवद्ध सदस्यहरुलाई  छुट सेवा दिने उद्देश्यले भरतपुर गार्डेन रिसोर्ट प्रा. लि., अशोका रिसोर्ट प्रा. लि., ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि., रोज गार्डेन रिसोर्ट प्रा.लि., निको चिल्डेन हस्पिटल र चितवन मुटु हस्पिटल सँग सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
    भरतपुर गार्डेन रिसोर्ट प्रा. लि.का तर्फबाट अध्यक्ष उत्तमलाल चुकेले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । अशोका रिसोर्ट प्रा. लि.को तर्फवाट अध्यक्ष सञ्जय अधिकारी,  ग्यालेक्सी गार्डेन रिसोर्ट प्रा. लि.का तर्फबाट म्यानेजिङ्ग डाईरेक्टर नविल कंडेल, रोज गार्डेन रिसोर्ट प्रा.लि. का म्यानेजिङ्ग डाईरेक्टर सुर्यनारायण पौडेल, निको चिल्डेन हस्पिटलका तर्फबाट म्यानेजिङ्ग डाईरेक्टर धनबहादुर श्रेष्ठ र चितवन मुटु हस्पिटलका तर्फबार्ट अध्यक्ष डा. शंकर लौडारीले हस्ताक्षर गर्नुभएको थियो भने उद्योग वाणिज्य संघको तर्फ अध्यक्ष सुमनकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । हस्पिटालिटि सेवामा १५ देखी २० प्रतिशत र स्वास्थ्य सेवामा निको चिल्डेन हस्पिटलमा १५ प्रतिशत र चितवन मुटु हस्पिटलमा २० प्रतिशत संघका सदस्यलाई छुट दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । छुट सुविधा लिनको लागि उद्योग वाणिज्य संघ-चितवनबाट उपलब्ध गराएको परिचय पत्र चाहिने संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी गराउनुभयो ।
    कार्यक्रममा संघका पूर्वअध्यक्ष देशीराम प्रधान, प्रचण्डलाल प्रधान, रमेशकुमार पिया, उत्तमलाल चुके , राजन गौतम, सहनलाल प्रधान, राजु श्रेष्ठ लगायत संघका पदाधिकारी, कार्यसमिति सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, संघका साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो । संघमा आयोजित स्वास्थ्य परिक्षण कार्यक्रमको  लागि नेसनल सिटि हस्पिटल भरतपुरले सहयोग गरेको सचिवालयले जनाएको छ ।  उद्योग वाणिज्य संघ-चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।
    संघको परिसरमा आयोजित समारोह पश्चात संघले आन्तरिक राजश्व कार्यालय चितवनमा करदाता सहायता कक्षको उद्घाटन गरेको छ । करदाता सहायता कक्षको संघका पूर्वअध्यक्ष राजन गौतम र आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत निरन भट्टराईले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । संघमा आवद्ध सदस्य लगायत उद्यमी व्यवसायीलाई कर दाखिला गर्ने लगायत अन्य कर संग सम्बन्धित विषयमा सहयोग गर्नका लागि आन्तरिक राजश्व परिसरमा सहायता कक्ष स्थापना गरिएको संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले बताउनु भयो । करदाता सहायता कक्षबाट कर तथा राजश्व सम्बन्धि परामर्श दिने, व्यक्तिगत पान लिने , डे वान डे टु विवरण भर्ने लगायत साना व्यवसायीहरुलाई केन्द्रित गरि सेवा प्रदान गर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो ।

    बुधबार, फागुन ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा
    कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने
    भदौ १२ देखि ‘पार्वती’ आउँदै
    महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने
    ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन
    चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    फेसबुकमा हामी

    Ujyalotimes

    लोकप्रिय

    • १.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ

    • २.
      बेस्ट वेस्टर्न सिराइचुली होटल अन्तर्राष्ट्रिय आतिथ्य ब्रान्डसँग

    • ३.
      कालिका नगर अस्पतालमा अत्याधुनिक एक्सरे र भिडियो

    • ४.
      Secure Developer Conference 2026 to Bring Nepal’s

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन

    • ६.
      हेम बहादुर ढुङ्गेल: नेपाल–थाइल्याण्ड सहकार्यले आर्थिक समृद्धिको

    भर्खरै

    • १.
      भोटेकोसी र त्रिशूली नदी क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने : बाढी पूर्वानुमान महाशाखा

    • २.
      कानुनमन्त्री सोविता गौतमद्वारा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलाको उद्घाटन हुने

    • ३.
      भदौ १२ देखि ‘पार्वती’ आउँदै

    • ४.
      महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी हुने

    • ५.
      ग्राहकको आर्थिक अवस्था, आवश्यकता र जोखिमको मूल्याङ्कन गरेर उपयुक्त बीमा योजना छनोट गर्नु  : प्रमुख राजेन्द्र महर्जन

    • ६.
      चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

    • ७.
      मेहनत गरे कोरियामा राम्रो पैसा कमाउन सकिन्छ — सबिन पाठकको संघर्षको कथा

    • ८.
      Secure Developer Conference 2026 to Bring Nepal’s Technology Community to Hetauda

    हाम्रो बारेमा

    अध्यक्ष/प्रधान सम्पादक : राजु भट्ट
    सम्पादक : बिनिता भट्ट
    प्रबन्ध निर्देशक : राकेश मान श्रेष्ठ
    सह–सम्पादक : बुद्धिराम चौधरी
    निर्देशक: अनिल कुमार श्रेष्ठ, हरि बहादुर भुजेल, कपिल सागर कर्माचार्य , राजकुमार श्रेष्ठ, भुपेन्द्र कुमार श्रेष्ठ
    व्यवस्थापक : राधा शर्मा
    बजार प्रमुख : लुना पाण्डे भट्ट

    सम्पर्क

    उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.
    भरतपुर–१०, चितवन, मो.९८५५०५५५६८
    ईमेल:- rajchitwan@gmail.com,
    ujyalotimes@gmail.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं.
    २३९४/०७७/०७८
    कम्पनी दर्ता नं. २५०८०३/०७७/०७८

    फेसबुकमा हामी

    Ujyalotimes

    Copyright ©2026 Ujyalo Times | All rights Reserved.
     Website By :  nwTech.