भरतपुर/चितवन आरम्भ कलेजको सामाजिक उत्तरदायित्व वहन अन्र्तगत तनाव व्यवस्थापन कार्यक्रमको पहिलो श्रृखंला अरोमा ई स्कुलमा सम्पन्न भएको छ ।
भरतपुर महानगरपालिका वडा नं.१० मा रहेको अरोमा इं स्कुलमा सम्पन्न भएको सो कार्यक्रममा आउँदै गरेको एसईईमा भाग दिन गैरहेका ५० जना बालबालिकाहरु सहभागी भएका थिए । कार्यक्रममा मानसिक रोग बिशेषज्ञ डा. खगेन्द्र काफ्ले, कल्पना आचार्य लगायतले प्रशिक्षण दिनु भएको थियो । हुर्कदै र बढ्दै गरेका बच्चाहरुमा हुने विभिन्न प्रकारका परिवर्तन तथा सामाजिक रुपमा उत्पन्न हुने परिस्थितिको कारणले हुने तनाव समयमा नै ब्यबस्थापन हुन नसक्दा बिभिन्न गम्भिर प्रकृतिका समस्याहरु हुन सक्ने हुनाले सोको समयमै व्यवस्थापन र सजग रहनका लागि सचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आरम्भ कलेजका प्रिन्सीपल सुरज शिवाकोटीले बताउनु भयो ।
एक महिना सम्म बिभिन्न कलेजमा सञ्चालन हुने यो अभियानामा डा.खगेन्द्र काफ्ले, आचार्य लक्ष्मण भण्डारी, कल्पना आचार्य, लगायतले सहजीकरण गर्नुहुनेछ । यस्ता कार्यक्रमले बिद्यार्थीहरुमा सकारात्मक सन्देश दिने साथै भविष्यका कर्णधार बालबालिकाहरुको शैक्षिक गुणस्तरमा समेत सुधार हुने हुनाले बिद्यार्थिहरुका लागि यो कार्यक्रम निकै नै महत्वपूर्ण हुने कुरा कार्यक्रमका प्रशिक्षक डा.खगेन्द्र काफ्ले बताउनु भयो ।






