लमजुङको दोर्दी गाउँपालिका वडा नं. ५ बारीगाउँका प्रत्येक घरमा खानेपानी सुविधा पुगेको छ । एक घर एक धार खानेपानी आयोजना अन्तर्गत बारीगाउँका प्रत्येक घरधुरीमा खानेपानीको धारा निमार्ण गरेसँगै घरघरै खानेपानी सुविधा पुगेको हो । निमार्ण सम्पन्न एक घर एक धारा खानेपानी आयोजनाको विहिवार एक कार्यक्रमका विच उद्घाटनसँगै उपभोक्ता समितीलाई हस्तान्तरण गरिएको छ । बारीगाँउको ७१ घर र सार्वजनिक संस्थामा ३ गरि ७४ धारा निर्माण गरिएको हा । यसबाट सो क्षेत्रका ३ सय ४६ जना लाभान्वित भएका छन् । एक घर एक धारा खानेपानी आयोजना गोर्खा वेल्फेयर ट्रष्ट नेपालको आर्थिक सहयोगमा निमार्ण गरिएको हो । कुल ४१ लाख ९६ हजार ६ सय ५५ रुपैया १९ पैसाको लागतमा सम्पन्न आयोजनाका लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ३२ लाख ७६ हजार ५ सय ५ रुपैया १९ पैसा लगानी रहेको छ । सो वाहेक दोर्दी गाउँपालिकाले ४ लाख ७७ हजार ७ सय ९४ रुपैया ९१ पैसा लगानी गरेको छ भने स्थानीय उपभोक्ताले ४ लाख ४२ हजार ३ सय ५५ रुपैया बरावरको श्रमदान गरेका खानेपानी तथा सरसफाई व्यवस्थापन समिती बारीगाँउले जनाएको छ । आयोजना उद्रघाटन तथा हस्तान्तरण कार्यक्रम समिति अध्यक्ष दुधे गुरुङको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । गाउँपालिकाले नागरिकका आधारभूत आवश्यकतालाई प्रथामिकतामा राखेको भन्दै गाउँपालिका अध्यक्ष अधिकारीले पालिकाबासीलाई स्वच्छ सफा खानेपानी सुविधाका लागि गोर्खा वेल्फेयर ट्रष्टसँग सहकार्य गरेर काम गरिरहेको वताउनुभयो । कार्यक्रममा दोर्दी ५ का पुर्व वडा अध्यक्ष फत्त बहादुर गुरुङ, गोर्खा वेल्फेयर ट्रष्ट नेपाल प्रोजेक्ट म्यानेजर बेल बहादुर गुरुङ, सुपरभाइजर सुवेशहाङ राई, वडासदस्यहरु, खानेपानी व्यवस्थापन समितिका पदाधिकारी, उपभोक्ताहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानीय अस्मी गुरुङले गर्नुभएको थियो । गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा दोर्दीका विभिन्न वडामा एक घर एक धारा खानेपानी आयोजना निमार्ण भएका छन् । दोर्दी लामीडाडाँ, किर्तिपुर, दासडाँडा, कामचोक, श्रीमञ्ज्याङ, सिमी, उपल्लोदैलुङ, लम्सीबोट, हरीगाउँ र बारी गाँउ गरी हालसम्म ७ सय ९१ घरमा खानेपानी सुविधा पुर्याइसकेको गोर्खा वेल्फेयर ट्रष्टका प्रोजेक्ट म्यानेजर बेल बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले निमार्ण सम्पन्न योजना हस्तान्तरण गर्दै यसको संरक्षण र सदुपयोगमा उपभोक्ताहरु जिम्मेवार वन्नुपर्नेमा जोड दिनुभयो । ट्रष्टकै सहयोगमा हाल दोर्दीको ढाडेनीमा एक घर एक धार खानेपानी योजना निमार्णको अन्तिम चरणमा पुगेको छ ।
Advertisement




